|
रियो दि जेनेरियो :
ब्राजिलका स्टार फुटबलर नेमार विश्वकप फुटबल अन्तर्गत मंगलबार राती
मेक्सिकोविरुद्व खेल हुनुअघि बजाइएको राष्ट्रिय धुन दौरान रोए। आफ्नो देशको
राष्ट्रिय धुन बजिरहँदा २२ वर्षिय नेमार भने टाउको जमिनतिर निहुँराएर आँशु
पुछि रहेका थिए। उनी रुन सुरु गरेपछि आसपासमा रहेका समेतको अनुहारमा
मलिनता छाएको थियो। नेमार किन राए? कारण प्रस्ट छैन। तर यसबारे विभिन्न
अनुमान भने लगाउन सकिन्छ। ब्राजिलमै भइरहेको यस विश्वकपमा चम्कन सक्ने
खेलाडीको सुचिमा यी स्टार फुटबलर अगाडी छन।
अझ उनीमाथी ब्राजिललाई विश्व विजेता
बनाउने अपेक्षा गरिएको छ। उनी टोलीमा रहेका खेलाडीमध्ये ब्राजिलले गरेका
सबैभन्दा ठुला भरोसा हुन। विगतमा पेले र रोनाल्डोले हाँसिल गरेको उचाई
भेट्न सक्ने खेलाडीका रुपमा नेमारलाई हेरिएको छ। विश्वकपका पछिल्ला दुई
सस्करणमा ब्राजिल क्वार्टरफाइनलभन्दा अगाडी बढ्न सकेन। सर्वाधिक पाँच पटकको
विजेता र उसका समर्थकका लागी यो त्यति सह्य विषय थिएन। त्यसैले ब्राजिललाई
घरेलु मैदानमा हुने विश्वकपमार्फत विश्व फुटबलमा दबदबा फर्काउने अवसर छ।
तर स्टार र अनुभवी खेलाडी टोलीमा धेरै
नरहेको अवस्थामा यसको जिम्मेवारी नेमार प्राय एक्लैले लिनुपर्ने अवस्था छ।
विश्वकप आयोजनाका कारण जनताको ढाड सेकिएको आरोप ब्राजिल सरकारले लामो
समयदेखी झेल्दै आएको छ। जनविरोधी प्रदर्शन पनि भइरहेका छन। यसबिचमा
नेमारलाई 'हिरो' हुने अवसर छ। र,चुनौती पनि धेरै छन। नेमारले पहिलो खेलमा
क्रोएसियाविरुद्व दुई गोल गरेर ब्राजिल टोलीमा आफ्नो महत्व प्रस्ट पारि
सकेका छन। उनले राष्ट्रिय टिमका लागी हालसम्म ५० खेलमा ३३ गोल गरेका छन।
नेमार किन रोए भन्नेमा एउटा पक्ष उनी भावुक स्वभावको भएको बताउँछन। हुनपनि
विश्वकपको तयारी दौरान अपांङगता भएका एक बालकले फुटबल स्किल देखाएपछि
नजिकै रहेका नेमारको आँशु थामिएनन।-एजेन्सी
Post a Comment