महिलाहरुले
आफ्नो श्रीमान्सँग के–के कारणले सम्बन्धविच्छेद गर्ने गर्छन् ? श्रीमान्को
अन्य महिलासँग गोप्य या खुल्लमखुल्ला सम्बन्ध भएकाले, शारीरिक–मानसिक
यातना दिने गरेका काले वा अन्य घरायसी समस्याले ? तर, ताईवानमा भने एक
महिलाले अनौठो किसिमको सम्बन्ध दर्शाउँदै पतिसँग सम्बन्धविच्छेद गरेकी छिन्
।
बेलायतको
एक समाचार अनलाईनका अनुसार ताइवानकी ५२ वर्षीया झांगले स्थानीय अदालतमा
आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेदको अपील गरिन् र कारणमा भनिन्–‘श्रीमान्को
लिंग साह्रै छोटो छ, जसले गर्दा कहिल्यैपनि दाम्पत्य सुखभोग गर्न पाईन ।’
झांगले
लामो समय तनाव ब्यहोरेपछि अब पतिसँग अलग हुन चाहेको जिकिर अदालतमा गरिन् ।
ताईवानको अदालतमा जब सम्बन्धविच्छेदको यस्तो अचम्मको घटना आईपर्यो, तब
अदालत पनि मुस्किलमा पर्यो ।
झांगले
आफ्नो पति ‘नामर्द’ भएको जिकिर गरिन् भने विवाहपछिको कुनैपनि समयमा
दाम्पत्य रुपमा सुखी हुन नसकेको बताईन् । अर्कोतर्फ झांगका पतिले भने
पत्नीको आरोपको खण्डन गरेको जनाइएको छ ।
झांगका
पतिले आफू नामर्द नभएको जिकिर गर्दै झांगको गलत कार्यलाई मात्रै आफूले साथ
दिन नसकेको तर्क गरेको जनाइएको छ । तर, अदालतले दुवैतर्फको कुरा सुनेको
केहीदिनपछि झांगको तर्कलाई मजबुत मान्दै सम्बन्धविच्छेदको निर्णयलाई
स्वीकार गरेको समाचारमा जनाइएको छ ।
Post a Comment