हाम्रो
समाजमा पुरूषहरूले महिलालाई दुःख दिएका घटनाहरू धेरै छन् । सदियौ देखीने
महिलालाई परूषहरूले दबाएर राख्ने गरेको र त्यही चलन अहिलेसम्म पनि कायम नै छ
। तर अहिले समाज, परिस्थिति परिवर्तन हुँदै गइरहेको छ । समय र परिस्थितिको
परिवर्तन सँगै धेरै कुराहरू फेरिएका पनि छन् । यसै क्रममा महिलाले पनि
पुरूषलाई दुःख दिएका घटनाहरू पनि बेला-बेलामा हामीले सुन्ने गरेका छौ ।
सामान्य
रूपमा पनि कतिपय महिलाहरूले पुरूषलाई समस्यामा पार्ने गरेका हुन्छन् र
दुःख दिइरहेका हुन्छन् । विभिन्न सोध तथा अनुसन्धानहरूले अहिले महिलाहरूले
पुरूषलाई धेरै समस्यामा पार्ने गरेको र दुःख दिने गरेको घटनाहरू निकै बढ्दै
गएको रिपोर्टहरू बेला-बेलामा दिने समेत गरेका छन् । उक्त सोध तथा
अनुसन्धानहरूका क्रममा महिलाले पुरूषलाई दिने विभिन्न थरीका दुःखमा
सम्बन्धमा पनि बयान गर्ने गरिएको छ ।
केहि यस्ता दुःखहरू जुन पुरूषलाई महिलाले दिने गर्छन्...
-
महिलाले फोन नउठाएर पुरूषलाई हैरान बनाउने गर्छन् । पुरूषहरूले फोन गर्दा
नचिनेको नम्बर नउठाउने भन्दै फोन नउठाउने, केही कुरामा चित्त बुझेन भने फोन
नउठाउने र पछि विभिन्न बहाना बनाएर फोन नउठाउनुको कारण बताउने गर्छन् ।
- महिलाले पुरूषलाई हरेक पलमा परिक्षा लिने गर्छन् । आफ्नो प्रेमीले आफूलाई कति माया गर्छ भनेर निकै परिक्षा लिने गर्छन् ।
- कुनै-कुनै महिलाले आफ्नो समय व्यतित गर्नका लागि कुनै पुरूषसँग नजिकिने र आफूले सोचे या खोजेजस्तो पुरुष भेटेपछि छाड्ने गर्छन् ।
-
यदी आफूलाई भनेजस्तो भएन र पुरूषले केही वेवास्ता गरेको जस्तो लागे आफू
कुनै अर्को पुरूषको साथमा नजिकिएको बहाना बनाएर पुरूषलाई तड्पाउने र उसलाई
आफूतिर तान्ने तथा आफ्नो इच्छा पुरा गराउने सम्मको काम गर्न समेत महिला पछि
पर्दैनन् ।
-
भनिन्छ महिलाहरू निकै चाडो रून्छन् । सानो कुरामा पनि रोएर आफूलाई माथी
पार्ने, या घुर्काउने बानी हुन्छ महिलाहरूको । पुरूषहरूलाई महिला रोएको मन
पर्दैन र उनीहरूलाई फकाउनका लागि पुरूषहरू उनीहरूका विभिन्न शर्त मान्न
तयार हुन्छन् ।
-
केही महिलाले कुनै रेष्टुरेन्टमा कुनै पुरूषको साथमा केही बेर रहेर
सित्तैमा खाजा खाने या केहि पिउने सोचका साथ नजिकिन्छन् र पिएपछी आफ्नो
बाटो लाग्छन् ।
-
केहि महिलाहरू आफ्नो पुरूष साथीलाई बारम्बार पिटेर हैरान बनाउँछन् ।
उनीहरूलाई आफ्नो साथीलाई पिट्दा खुब मजा आउँछ । महिलाहरू आफ्नो पुरूष
साथीले आफूलाई झर्केर पिट्दैन भन्नेमा ढुक्क भएभने पिटेर दुःखदिने गर्छन् ।
-
केही महिलाहरू आफ्नो पुरूष साथीलाई सार्वजनिक रूपमा नै गाली गर्ने, उसँग
रिसाउने गर्छिन् । महिलाले यस अवस्थमा पनि पुरूषले कुनै जवाफ फर्काउँदैनन्
भन्नेमा ढुक्क हुन्छन् ।
-
सेक्सका लागि पुरूषलाई तड्पाएर पनि आफ्नो मनले चाहेको कुरा पुरा गर्ने
बानी हुन्छ केहि महिलाको । पुरूषको सेक्सको इच्छालाई पुरा गर्न शर्त
तेर्स्याउने काम समेत गर्ने गर्छन् ।
Post a Comment