news and more entertainment

यी खेलाडीले नेमार,मेसी,मुलर सबैलाई पछि पारे

 रियो दि जेनेरियो : जेम्स रोड्रिगुएज जारी विश्‍वकप सुरु हुनुअघि फुटबल संसारमा कम परिचित नाम थियो। उनलाई कोलम्बियाबाहिर थोरैले मात्र चिन्थे। विश्वकपका नकआउट चरण सुरु भईसक्दा उनी ब्राजिलका नेमार,अर्जेन्टिनाका लियोनल मेसी र जर्मनीका थोमस मुलरलाई हल्लाउने खेलाडी बनेका छन। प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सुचिमा उनी नेमार,मेसी र मुलर सबैलाई पछाडी पार्दै पाँच गोलसहित शिर्षस्थानमा पुगेका छन। नेमार,मेसी र मुलरले समान चार गोल गरेका छन। उनको शानदार प्रदर्शनमा कोलम्बिया प्रतियोगिताको क्वार्टरफाइनल पुगि सकेको छ।

को हुन रोड्रिगुएज ?

कोलम्बिया विश्‍वकपमा २४ वर्षपछि समुहगत चरण पार गर्न सफल भएको थियो। कोलम्बियाको यस यात्रामा जेम्स रोड्रिगुएजले ठूलो योगदान गरे। २२ वर्षीय यी एट्याकिङ मिडफिल्डर तथा विंगर रातारात चर्चाको शिखरमा पुगे। उनले जारी विश्‍वकपमा दुई गोलमा 'एसिस्ट' पनि गरेका छन्। सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेयता रोड्रिगुएजले २६ वटा अन्तर्राष्ट्रिय खेलमा १० गोल गरेका छन्।

उनी हाल मोनाकोबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। उनले क्लबका लागि ३४ खेलमा नौ गोल गरेका छन्। यसैगरी दुई वर्ष एफसी पोर्टोबाट व्यावसायिक फुटबल खेल्दा उनले ६३ खेलमा ६५ गोल गरेका थिए। उनी राम्रा प्ले मेकर पनि हुन्। यो सिजन उनले मोनाकोका लागि ३८ खेल खेलेर १० गोल गरे भने १२ गोलमा 'एसिस्ट' गरे। रोड्रिगुएजजस्तै प्रतिभाशाली खेलाडीका कारण कोलम्बिया अहिले बलियो टोलीका रूपमा देखा परेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget