news and more entertainment

फेसबुकले दियो यसरी तनाव

धनकुटा, १६ असार । विद्यालयमा पढ्दै गरेका बालबालिकाबीच फेसबुकबाट जोडिएको सामान्य साइनो विवाहमा परिणत हुन थालेपछि यसले समाजमा पनि नकारात्मक असर पर्न थालेको चिन्ताहरु बाहिर आउन थालेका छन् ।
चिनजान भएसँगै धनकुटा नगरपालिका २ की १३ वर्षीया सरीता राई (नाम परिवर्तन) ले कक्षा ६ को पढाइ छोडेर बेलहरा गाविस ४ का १५ वर्षीय सानबहादुर राईसँग विवाह गरिन् ।
उनीहरले उमेर नै नपुगी सन्तानसमेत जन्माए । सरिता र सानबहादुर जिल्लाका प्रतिनिधि पात्र हुन् । नगरपालिकाको एक विद्यालयमा निम्नमाध्यमिक तहमा अध्ययन गर्ने पाँच विवाहित जोडी रहेको विद्यालय स्रोतले जनाएको छ । सो विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने दुई, कक्षा ७ मा अध्ययन गर्ने एक र कक्षा आठमा अध्ययन गर्ने दुई विवाहित जोडी छन् ।
धनकुटा नगरपालिकामा पाँच सामुदायिक विद्यालयमा अध्ययनरत २५ जोडी बालबालिकाले अभिभावकको स्वीकृतिबिना विवाह गरेको त्रिवेणी उच्च माध्यमिक विद्यालयका कर्मचारी नारायण विश्वकर्मा बताउँछन् । उनले भने, ‘ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा खोजी गर्ने हो भने सयभन्दा बढी विवाहित विद्यार्थी अध्ययन गरिरहेका छन् । कतिपयले त विवाह गरेपछि पढाइ नै छोड्ने गरेका छन् ।’
विवाहित विद्यार्थी एवं विवाहपछि विद्यालय छोड्नेहरु कमजोर अर्थिक अवस्था भएको पाइएका विद्यालय स्रोतको भनाइ रहेको अन्नपूर्ण पोष्टमा समाचार छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget