news and more entertainment

विमास्थलमा स्तन देखाउँदै विमान चढ्न खोजेपछि

काठमाण्डौ, १५ असार । अमेरिकाको एक महिलाले प्लेन चढ्ने बेलामा स्तन देखाउदा झन्डै प्लेन चढ्न बाट बन्चित हुन परेको छ । ति महिला लस भेगसबाट न्युयोर्कतर्फ उड्न लागेकी थिइन ।

उनलार्इ विमानस्थलमा आफ्ना वक्षस्थल देखाएको आरोपमा हवाइजहाजमा विमानस्थलका अधिकारीहरुले जहाज चढ्न निषेध गरेका थिए । उनले लगाएको खुल्ला कटनको पहिरनबाट उनको स्तनको अधिकांश भाग देखिएको र यसरी स्तन देखाउनु आपत्तिजनक भएको भन्दै साउथवेष्ट एअरलाइन्सका अधिकारीहरुले उनलाई विमानबाट रोकने प्रयास गरे ।
तर स्तन देखाउने एवाइटल नाम गरेकी ती महिलाले कर्मचारीको अवज्ञा गर्दै विमानमा चढेरै छाडिन् । ती महिला आफ्नो स्तन नै यस्तै खुल्ला भएको  भन्दै कर्मचारीहरुसँग निकैबेर बाझेकी थिइन। उनले थर्काउँदै भनेकी थिइन,‘ ‘मेरा स्तनले विमानको उडानमा के अवरोध गर्छ ? के मैले स्तन देखाउँदैमा विमान आकाशबाट खस्छ ? मलाई किन रोक्नुभएको ?’उनले उल्टो प्रश्न गरिन
। उनले त्यस घटनाबारेमा विमानस्थलका उच्च अधिकारीहरुसँग विवाद पनि गरिन् । अन्त्यमा एअरलाइन्सले उनीसँग माफी माग्दै सम्मानसाथ उनलाई विमानमा चढायो ।
एअरलाइन्सकी प्रवक्ताले ती महिलाको झण्डै नांगो वक्षस्थलका कारण अरु यात्रुको मनोविज्ञानमा असर पुग्नसक्ने सम्भावनाका कारण कर्मचारीहरुले उनलाई छाति ढाक्ने कपडा लगाउन आग्रह गरेको बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget