news and more entertainment

बाहुनको दायाँ तिघ्रामा कसले हान्यो गोली ?

 काठमाडौं । आधा दर्जन अपराधमा फरार रहेका गुण्डाका नाईके सुजन पौंडेल उर्फ रमेश बाहुनलाई गोली लागेको सम्वन्धमा अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा प्रहरीभित्र अन्योल छाएको छ । पक्राउ परेका बाहुनको दाया“ खुट्टाको तिघ्रामा गोलीको घाउ भेटिएपछि प्रहरी अन्योलमा परेको हो । पक्राउपछि बाहुनले तिघ्राको घाउ गोलीको भएको र उक्त गोली ललितपुरका मिनकृष्ण महर्जनले चलाएको दाबी प्रहरी समक्ष गरेका छन् । बाहुनको दाबीपछि प्रहरीले जाहेरी बिना अनुसन्धान गर्न मिल्ने कि नमिल्ने भन्ने बिषयमा बिबाद शुरु भएको महानगरीय प्रहरी परिसर हनुमानढोका स्रोतले बतायो ।
 प्रहरी प्रतिबेदनले चल्ने फौजदारी मुद्दामा प्रहरीले आधार भेटेमा महर्जनलाई ज्यानमार्ने उद्योग र हातहतियारमा मुद्दा चलाउन सक्ने कानूनी प्राबधान छ । महर्जनले बाहुन बिरुद्ध ज्यानमार्ने उद्योगमा जाहेरी दिएका थिए । गत ४ माघमा महर्जनमाथि गोली प्रहार गरे लगत्तै सुरक्षितस्थलको खोजि गर्दै भारतको लखनउस्थित बिधायक बिनायक ंिसंहको शरणमा पुगेका बाहुनको पक्राउ पछि तिघ्रामा दुई गोली लागेको रहस्य हनुमानढोका ल्याईएपछि खुलेको छ । ‘बाहुनको तिघ्रा वारपार हुने गरी गोली लागेको छ, अनुसन्धानमा खटिएका एक प्रहरीले भने, खाटाबसेको घाउ केहि महिना अघिको हो । स्रोतका अनुसार महर्जनको फायरिङले आफ्नो तिघ्रामा गोली लागेपछि जबाफमा बाहुनले गोली प्रहार गरेको प्रहरी समक्ष्ँ दाबी गरेका छन् । ठेक्कापट्टाको कमिसनको कुरा मिलाउन सहयोगी दुर्गा राईको साथ महर्जनको घरमा बाहुन जान लागेका थिए । स्रोतले भन्यो,‘ बाहुनको बाटोमै महर्जनसंग भेट भएपछि महर्जनले आत्तिएर कम्मरमा राखेको पेस्तोल निकाली गोली प्रहार गरे ।’
 महर्जनले दुई राउण्ड गोली बाहुनको तिघ्रामा हानेका थिए । महर्जनको पेस्तोलमा गोली खाली भो तर बाहुन ढलेनन् । बाहुनको जबाफि फायरीङमा मिलन सिलवाल र महर्जनको तिघ्रामा गोली लागेको थियो । ठेक्काको कमिसनको कुरा नमिल्दा महर्जनलाई घरमै गएर पेस्तोल मुखमा राखी तंर्सांउने बाहुनको योजना चुहावट भएपछि महर्जन सजक भएका थिए । स्रोतका अनुसार कुनैपनि समयमा बाहुनले आक्रमण गर्न सक्ने सुचना महर्जनले पाएपछि उनले आफ्नो सुरक्षाको लागि पेस्तोल बोक्न थालेका थिए । गोलीले घाईते भएपनि आधा दर्जन अपराधमा मुछिएका बाहुन प्रहरीबाट बच्न फरार भएका थिए । दाया“ तिघ्रामा गोेली लागेका बाहुनले त्यतिबेला ललितपुरकै एक घरमा बसि उपचार गराएका थिए । 
एकसाताको उपचारपछि बाहुन थप उपचार र सुरक्षितस्थलको खोजी गर्दै भारतको लखनउ पुगेका थिए । लखनउमा बिधायकको घरमा आश्रय लिएर बसेका बाहुनलाई प्रहरीले योजनाबद्ध तरिकाले घर बाहिर निकाली पक्राउ गरी काठमाडौं ल्याएको हो । तर प्रहरीले गत बुधवार काठमाडौंको कलंकिस्थित खशीबजारमा लागूऔषध र हातहतियारसहित पक्राउ गरेको मुजुल्का तयार पारेको छ । उक्त मुजुल्कालाई आधार मानेर जिल्ला अदालत काठमाडौंले १० दिन हिरासतमा राखी प्रहरीलाई लागूऔषध मुद्दा अनुसन्धान गर्न अनुमति दिएको छ । तर बाहुनले म्याद थपमा असमती जनाउदै हस्ताक्षर नगरेपछि हनुमान ढोका नै हल्लिएको छ । प्रहरीले बाहुनको साथबाट लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो हेरोईन २८.४ ग्राम, गोलीसहितकोे नल कटुवा बन्दुक बरामद भएको दाबी गर्दै अनुसन्धान थालेको हो । 
स्रोतका अनुसार बाहुन समाजबादी पार्टीका अध्यक्ष्ँ तथा लखनउका भूपु मुख्यमन्त्री मुलायम सिंहका भाई बिधायक बिनायक सिंहको घरमा ४ महिना देखि लुक्दै आएका थिए । लखनउमा डनका नामले परिचित बिनायकका कान्छाभाई मनोज सिंहस“गको चिनजानका कारण बाहुन त्यहां पुगेको उनी निकट स्रोत बताउंछ । मनोज सिंह लखनउ लगायत नेपालको पश्चिम तराई क्षेत्रमासमेत ठेक्कापट्टा गर्दै आएका छन् । ठेक्कापट्टामा हप्ता असुली गर्ने क्रममा बाहुनको चिनजान मनोज सिंहस“ग भएको थियो । 
ठेक्कापट्टाको सिलसिलामा दाङमा आएका मनोजलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकाबाट खटिएको बिषेश टोलीले नियन्त्रणमा लिई बाहुनलाई लखनउस्थित घरबाट बाहिर बोलाउन लगाएको थियो । बाहुन बाहिर निस्कनासाथ भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनलाई अपहरण शैलीमा नेपाल भित्राएको थियो । तर बाहुनसंगै रहेका उनका सहयोगी दुर्गा राईको बारेमा प्रहरीले केही बोलेको छैन् । बाहुन पक्राउको सुचना लखनउका बिधायकले नै बाहुनको परिवारलाई खोलेपछि बाहिर हल्ला चलेको हो । सुट एड साईडको आदेश भएका बाहुन पक्राउको सुचनापछि ज्यान जोगाईदिन भन्दै बाहुनको परिवार शक्ति केन्द्र धाउन थालेको थियो । गुह मन्त्रालयले बाहुनको बारेमा चासो राखेपछि प्रहरीको ईन्काउटर गर्ने योजना तुहिएको हो ।
को हुन् डन बाहुन
रामेछापमा जन्मिएका बाहुनको असली नाम सुजन पौडेल हो । नेपाली सेनाको जागीरबाट भागेपछि उनी रमेश राणा हुदै रमेश बाहुन बने । भक्तपुरमा एकताकाका चल्ती गुण्डा रवी राणाको समुहमा आबद्ध बाहुन राणाकै नामबाट रमेश राणा बनेका थिए । बाहुनलाई राणाले ठेक्कापट्टा आह्वान भएको ठांउमा अरुलाई फर्म दर्ता गर्ने ढोकामा अबरोध गरी पैसा असुल्न खडा गराउन थाले । २०५७÷०५८ सालतिर राजधानीमा रबी राणा, टि मिलन, सेक्सी मिलन र महेन्द्र खड्काले ठेक्कामा कब्जा जमाएका थिए । जसमा लडाकुको रुपमा बाहुन प्रयोग हुन थाले । कमिशनको कुरा नमिल्दा टि मिलन समुहले खड्काको हत्या गरे ।

 खड्काको हत्यापछि सेक्सी साईड लागे, टि मिलन बिदेशिएपछि बाहुनले ठेक्कामा एकलैटी राज गर्न थाले । यसको अलवा बाहुनले आफूलाई स्वघोषित नया“ डन रमेश राणाको उदय भन्दै दर्जनौं पत्रपत्रिकामा समाचार छपाएर एकाएक आपराधिक बाटो रोजे पनि । उनले कोटेश्वर, बानेश्वर, मिनभवन, अनामनगरका क्षेत्रमा धम्क्याउने, चन्दा उठाउने र असुली गर्न थाले । नेपाली सेनामा छदां रेन्जर तालिमसमेत लिएका बाहुनले पछिल्लो समय अधिकांस जिल्लामा हुने मिलोमतोको ठेक्काबाट एक प्रतिशत कमिसन असुली गर्दै आएका थिए । बाहुन बिगत चार बर्ष देखि प्रहरीको टाउको दुःखाईको बिषय बनेका थिए । तर बाहुनको पिडीत भन्दै आजसम्म महर्जन बाहेक कसैलेपनि प्रहरीमा उजुरी दर्ता गरेका छैनन् । बाहुनले एक टेलिभिजनमार्फत महानगरीय प्रहरी परिसर हनुमान ढोकाका तत्कालिन डीएसपी आभुषण तिम्सिनाले ५० लाख नदिए लागूऔषध हालेर फसाईदिने धम्की दिएको आरोप लगाएका थिए । तर डीएसपी तिम्सिनाले भने बाहुनको आरोप अस्वीकार गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget