news and more entertainment

सुतिरहेको १६ बर्षीया किशोरीलाई मुख थुनेर ३०० किलोमिटर टाढा लगेर सामुहिक बलात्कार.....

राजविराज, १६ असार । सो¥ह वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले लौनिया गाविस–६ का २१ वर्षीय राधेश्याम खंग, २२ वर्षीय मनोज खंग मण्डल, २० वर्षीय अर्जुन खंग मण्डलसहितका आरोपितविरुद्ध वारेन्टसहितको म्यादी पुर्जी जारी गरेको बताउनुभयो ।

पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध गत जेठ १० गते मौखिक र जेठ १३ गते लिखित उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध गत जेठ १४ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

आरोपितमाथि गत जेठ ९ गते राति घरमा सुतिरहेकी पीडितलाई मुख थुनी नियन्त्रणमा लिएर ३०० मिटर पश्चिम–दक्षिण नहरको छेउ खाँडो खोलापारि पु¥याएर सामूहिक बलात्कार गरेको आरोप छ ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गत जेठ १० गते शारीरिक परीक्षण भएको थियो । (Dainik Nepal)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget