news and more entertainment

भारत को दुइ महिला ले बनाइन बलात्कार र अपहरणबाट बचाउने जिन्स



(एजेन्सी)– देश तथा विदेशमा महिलाको सुरक्षासम्बन्धि बहस जारी छ । बहस सँग–सँगै महिलाका लागि थुप्रै कामहरु भइरहेका छन् तर अपराधमा कुनै कमी आएको छैन । भारतको वाराणसीको दुई महिलाले महिलाको सुरक्षाको दिशामा नयाँ पहल गर्दै एक यस्तो जिन्स तयार गरेका छन् जसलाई लगाइएमा उनीहरु बलात्कार र अपहरणको शिकारी हुनबाट बच्नसक्छन् । एक पत्रिकाको खबर अनुसार लहुराबीरमा बस्ने दिक्षा पाठक र अञ्जली श्रीवास्तवले मिलेर वाकी टकी डिभाइस लगाइएको जिन्स बनाएका छन् ।  
अपहरण र बलात्कारको प्रयास गरिरहेका बेला यसको एक बटन दबाउनाले पुलिस हेल्पलाइनको नम्बरमा फोन जाने गर्दछ । त्यसपछि सर्भिलेन्सको मद्दतबाट पुलिस तुरुन्त घटनास्थलमा पुगेर पिडितको मद्दत गर्न सक्छन् । कम्प्युटर साइन्सकी छात्रा दीक्षा र इलेक्ट्रोनिक कम्युनिकेसनकी छात्रा अञ्जलीले यो विशेष प्रकारको जिन्स बनाउन निकै मेहनत गरेका छन् । यसमा सेन्सर माइक लगाइएको छ जसको फ्रिक्वेन्सी निकै तेज छ । यसको सर्किटमा मोबाइल चीप पनि लगाइएको छ र यसमा पुलिसको इमेर्जेन्सी नम्बर सेट गरिएको छ । 

जबसम्म फोन उठ्दैन त्यतिबेलासम्म भाइब्रेसन भइरहन्छ । यतिमात्र होइन, यो जिन्समा एउटा क्यामरा पनि जडान गरिएको छ जसलाई ‘अन’ गर्नेबित्तिकै आरोपीहरुको भिडियो बन्न सुरु गर्छ र भिन्न–भिन्नै फाइलमार्फत चिपमा सेट गरिएको नम्बरहरुमा जाने गर्दछ । कम मुल्यमा पाइने यो जिन्सलाई बढिमा तीन महिनासम्म प्रयोग गर्न सकिन्छ । जिन्स तयार भइसकेपछि यसको प्राविधिक जाँच गराई छिट्टै नै बजारमा ल्याउने तयारी भइरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget