news and more entertainment

प्रहरी हबल्दारले नै छोरीलाई बलात्कार गरेको खुलासा

काठमाडौँ, १३ असार । आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पदमबहादुर तामाङलाई कडा कारबाही गर्न पीडित छोरी र परिवारजनले माग गरेका छन् ।
छोरीलाई बलात्कार गरेको अभियोगमा गत जेठ २७ गते पक्राउ परेपनि नेपाल प्रहरीका हवल्दार तामाङ यही असार ११ गते रु ३० हजार धरौटीमा छुटेका थिए ।
नेपाल नारी चेतनशील सङ्घको सहयोगमा उहाँहरूले आज यहाँ पत्रकार सम्मेलन गरी १४ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई कारबाही गर्न सञ्चारकर्मी एवम् नागरिक समाजलाई आग्रह गर्नुभएको छ ।
गतवर्ष कात्तिक महिनादेखि आफूलाई डराई धम्काई नियमित बलात्कार गरेको बताउँदै पीडितले बाबु पदमबहादुरलाई तत्काल कडाभन्दा कडा कारबाहीको माग गर्नुभयो ।
“आमा र बहिनी घरबाहिर गएको मौका पारी पटक–पटक मलाई बलात्कार ग¥यो, कसैलाई भनिस् भने मारिदिन्छु ।” उहाँले भन्नुभयो, “पछि आमाले गत जेठ ८ गते प्रत्यक्ष देखेपछि मात्र थाहा पाउनुभएको हो ।”
पीडितकी आमा सरिता तामाङले छोरीलाई बलात्कार गरेको प्रत्यक्ष देख्दासमेत उल्टै आफूलाई गाली गरेर मार्ने धम्की दिएको बताउँदै हदैसम्मको कारबाहीको माग गर्नुभयो ।
कार्यक्रममा पीडितकी हजुरआमा पदमाया तामाङले पशुत्व व्यवहार गर्ने आफ्नो ज्वाँई पद र प्रभावले धरौटीमा छुटेकाले कारबाहीका लागि सञ्चारकर्मीसँग याचना गर्नुभयो ।
नारी चेतनशील सङ्घका अध्यक्ष सोमा खत्रीले घरभित्रै प्रहरी अधिकारीबाट नाबालिका छोरी बलात्कृत हुनु दुभाग्र्यपूर्ण भएको बताउँदै पीडकलाई मृत्युदण्डसम्मको कारबाही हुनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताले पीडकलाई हदैसम्मको कारबाहीका लागि नागरिक समाजबाटै दबाब आउनुपर्नेमा जोड दिनुभएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget