news and more entertainment

स्कुले केटीहरु छुटाउन बोको हरामलाई कुमारित्व सुम्पने पप गायिकाको प्रस्ताव

 नाइजेरियाका पप गायिका एयोकियाले इस्लामिक चरमपन्थी संगठन बोको हरामको नियन्त्रणमा रहेका स्कुले किशोरीहरु छुटाउन आफ्नो कुमारित्व सुम्पने प्रस्ताव गरेकी छन् । बोको हरामका लडाकूहरूले गत अप्रिलदेखि चिबोकमा बन्धक बनाएका २७६ स्कुले किशोरीहरुलाई बन्धक बनाएर राखेका छन् ।

२३ वर्षीया गायिकाले नाइजेरियाको पत्रिका भेनगार्डसँग भनेकी छन्-’अहिले रातको ११ बजेको छ र तपाईलाई थाहा छ म के सोचिरहेका छु ? ती साना केटीहरु कहाँ छन् र उनीहरुलाई के गरिराखिएको छ । यो अनुचित छ । उनीहरु सानै छन् । म उनीहरुको सट्टा आफूलाई अफर गर्छु ।’ ।’
राष्ट्रसंघका शान्ति दूत समेत रहेकी उनले अघि भनेकी छन्-’उनीहरु १२ देखि १५ वर्षका छन् । म ठूलो छु र अनुभवी पनि । यदि एक रातमा १०/१२ जना भएपनि मलाई परवाह छैन । बस, ती किशोरीहरुलाई आफ्नो अभिभावकहरुसँग जान देऊ ।’

समाजिक संजालमा गायिका एयोकियाको प्रस्तावको खुलेर प्रशंसा भएको छ । एक फलोअरले त उनलाई नोबेल शान्ति पुरस्कार दिनु पर्ने मत व्यक्त गरेका छन् ।
सेनालेभने बोको हरामको नियन्त्रणमा रहेका स्कुले युवतीहरुको उद्दार प्रयास जारी राखेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget