news and more entertainment

भोकाएका पुरुषहरु ठूला स्तन भएका महिलाप्रति आकर्षित

(एजेन्सी)–मनोचिकित्सकका अनुसार यदि कुनै पुरुष खाना नखाएका कारण भोकाएका छन् भने उनीहरु ठूला स्तन र सुगठित शरिर भएका महिलाहरुप्रति निकै सजिलै आकर्षित हुने बताइएको छ ।
ब्रिटेनका युनिभर्सिटी अफ वेस्टमिनिस्टरका मनोचिकित्सक विरेन स्वामीका अनुसार भोका पुरुषहरु ठूला स्तन भएका महिलाहरुप्रति आकर्षित हुने गर्दछन् । उनी भन्छन् कि कुनै पनि पुरुष साधारण रुपमा ठूला स्तन भएका महिलाहरुलाई रुचाउने गर्दछन् ।
उनका अनुसार पुरुषहरुमात्र भोकाएको बेलामा ठूला स्तन भएका महिलाप्रति आकर्षित नभई महिलाहरु पनि भोकाएका बेला पुरुषहरुप्रति आकर्षित हुने बताएका छन् ।
अनुसन्धानका लागि स्वामीले पुरुषहरुको एक समूहलाई भोको राखे र उनीहरुबाट महिलाहरुको आकर्षणको बारेमा जानकारी लिए । जानकारीमा उनले पाए कि जुन पुरुषले निकै समयदेखि केहि पनि खाएका थिएनन् उनीहरुलाई ठूला स्तन भएका महिलाहरु बढि आकर्षित लागे ।
तर यदि ती भोकाएका पुरुषहरुले केहि खान्छन् भने उनीहरुको महिलाप्रतिको आकर्षण तुरुन्त खत्तम हुने पनि अनुसन्धानमा बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget