news and more entertainment

ढाँट्दैनन् पुरुषहरू

पछिल्लो अध्ययनले अमेरिकी पुरुषहरूको लिंगको औसत लम्बाइ ५ दशमलव ५७ इन्च भएको देखाएको छ। अध्ययनले पत्ता लगाएको अर्को रोचक कुरा के छ भने पुरुषहरूले आफ्नो लिंग कति लामो छ ? भन्ने कुरा ढाँट्दैनन्। अमेरिकाको इन्डियाना विश्वविद्यालयकी अनुसन्धानकर्ता डाक्टर डेब्बी हरबेनिकले १६६१ जना अमेरिकी पुरुषमा सर्वेक्षण गरी यस्तो निष्कर्ष निकालेकी हुन्।

साइकोलोजी टुडे नामक पत्रिकामा प्रकाशित समाचारअनुसार कन्डमको आकारका विषयमा विस्तृत अध्ययन गर्ने मनसायले पुरुषको लिंगको लम्बाइका विषयमा उक्त अनुसन्धान गरिएको थियो। अध्ययनका क्रममा सबैभन्दा छोटो अर्थात् १ दशमलव ५ इन्च र सबैभन्दा लामो अर्थात् १० इन्चसम्मका लिंग भएका मानिसहरू भेटिए। वैज्ञानिकहरूका अनुसार उत्तेजित लिंगको आकार नाप्न त्यति सजिलो भने छैन। उत्तेजनाको तहले लिंगको लम्बाइ घटबढ हुन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget