news and more entertainment

मलेसियामा अलपत्र १४ नेपाली घर फर्के



१५ असार, मलेसिया । मलेसियमा अलपत्र परेका १४ जना नेपाली श्रमिक आइतबार घर फर्केका छन् । नेपाली दूतावास, तानागानिता र प्रगतिशील प्रवासी श्रमीक मञ्चको पहलमा उनीहरुलाई घर पठाइएको हो ।मलेसियाको दोश्रो ठूलो सहर जोहोरवारुमा रहेको एसियापिन कम्पनी बन्द गरेर कम्पनी हिँडेपछि उनीहरु करिब डेढ वर्ष अलपत्र परेका थिए । 
घर फर्कनेमा धनुषाका सन्तोषकुमार पण्डीत, विन्दु कापर, एमड मुस्तक, राम इश्वर यादव, रामसागर महतो, शम्भु महरा र रामप्रताप राय अहमद रहेका छन् । सप्तरीका सुखमोचन मण्डल, अजित कुमार मण्डल, शीत्तलकुमार मण्डल, शिवशंकर मण्डल, उमेश मुखिया र महेशकुमार यादव पनि घर फर्केका छन् । घर र्फकनेमा सुनसरीका रामविलाश मण्डल र रामविलाश कामत पनि रहेका छन् ।
रोजगरा कम्पनी बन्द भएपछि एजेन्टहरुले उनीहरुलाई अरु कम्पनीमा काम मिलाइदिएपनि भिसाको म्याद ०१२ अगष्टदेखि सकिएको थियो । बन्द भएको कम्पनीबाट उनीहरुले एक महिनाको तलवसमेत पाएनन् । प्रगशील प्रवासी श्रमिक मञ्चको सम्पर्कमा आएपछि उनीहरुलाई स्थानीय  तानागानिता संस्थामा पुर्‍याइएको थियो । तानागानिताको पहलपछि उनीहरुको उद्धारमा सघाउ पुगेको हो ।

१४ जना श्रमिकहरु नेपाल फर्केपछि उनीहरुलाई क्षतिपुर्ती रकम प्राप्त हुनासाथ पठाइदिने मन्चका महासचिव प्रेम पाण्डेले बताए । खाली हात घर फर्केका धनुषाका रामइश्वर यादवले अलपत्र परेको केही महिना आधा पेट खाएर बस्नुपरेको पीडा सुनाए ।@onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget