news and more entertainment

आफ्नै बाबुबाट बलात्कृत भएकी १४ वर्षीया किशोरीले बलात्कारी बाबुलाई कारबाहीको माग गरेकी छन् ...

१३ असार, काठमाडौं । आफ्नै बाबुबाट बलात्कृत भएकी १४ वर्षीया किशोरीले बलात्कारी बाबुलाई कारबाहीको माग गरेकी छन् ।


छोरीमाथि बलात्कारको आरोप लागेका दोलखा घर भएका प्रहरी हवल्दार पदमबहादुर तामाङलाई अदालतले धरौटीमा छाडेपछि पीडित किशोरी र उनकै आमाले अधिकारकर्मीहरुको रोहबरमा पत्रकार सम्मेलन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् ।

बुवाले पटक-पटक गरेको भन्दै पीडित युवतीले सबैलाई भने आमा र आफूलाई मार्ने धम्की दिएका बताइन् । उनले रुँदै भनिन्-तेरी आमाले तेरो उमेरमा तलाई जन्माइसकेकी थिई । केही हुँदैन भन्दै जवरजस्ती गर्नुभयो । उहाँको बलको अगाडी मैले केही गर्न सकिँन ।’

पीडित युवतीकी आमाले आफू नभएको समयमा छोरीलाई कात्तिकदेखि बलात्कार गरेको र ाफूले जेठ ८ गते मात्र थाहा पाएको बताइन् । उनले भनिन्-’मलाई र सानो छोरालाई विभिन्न बहाना पारेर बाहिर पठाई बलात्कार गर्ने गरेको रहेछ, तर, जेठ ८ गते आफैंले प्रत्यक्ष देखेपछि उसले हामी आमा छोरीलाई नै ज्यान मार्ने धम्की दिएको छ ।’

पहिले डरले कसैलाई नभनेको र माइतीमा गएर सेको भन्दै उनले भनिन्-पछि सवैले यस्त्ाा अपराधीलाई नछोड्न भनेपछि उजुरी दिएको थिएँ । न्याय पाउने ठूलो आश थियो । तर, तर न्यायलयले नै उन्मुक्ति दिएपछि न्याय पाउने आशा मर्‍यो ।’ तामाङलाई जिल्ला अदालत काठमाडौंले ३० हजार धरौटीमा छाडेको छ ।
पत्रकार सम्मेलनमा महिला अधिकारकर्मीहरुले महिलाहरु घरमै असुरक्षित रहेको भन्दै दोषीलाई कानुनी कठ्घरामा उभ्याउनुपर्ने बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget