news and more entertainment

कहाँ गए होलान यी आमाका ‘मुटुका टुक्रा’ ?

काठमाडौं, असार १३ – ओखलढुंगा घर भइ ललितपुर धोबीघाटमा डेरा गरी बस्ने राधिका कार्कीलाई यतिबेला दिउँसै अन्धकारजस्तो भएको छ ।
मुटुका टुक्राजस्ता ९ वर्षीया छोरी र ५ वर्षीय छोरा एकसाथ हराएपछि उहाँलाई रातको निद्रा न दिनको भोक भएको हो ।


सधैं झैं बिहीबार राधिका छोराछोरीलाई खाना दिएर काममा निस्कनुभयो । श्रीमान पनि काममा लाग्नुभयो । श्रीमान श्रीमती दुवैजना मजदूरी काम गर्छन् ।
छोराछोरी नजिकैको सरकारी स्कूलमा पढ्छन् । अहिले स्कुल विदा भएकाले छोराछोरी धोवीघाटको चौरमै खेलेर बस्थे ।
‘हिजो पनि म विहान काममा निस्कँदा उनीहरु खेल्दै थिए, फर्केर आउँदा कोठामा छैनन् । यताउता सबैतिर खोजियो, कतै भेटिएनन्’ शुक्रबार धोवीघाटमा थकित र चिन्तित मुद्रामा भेटिएकी राधिकाले भन्नुभयो, ‘मेरा मुटुका टुक्रा कहाँ गए होलान् हजुर, भेटिएलान् त ?’
९ वर्षीया सुस्मिता र ५ वर्षिय उमेश दुवैजना धोवीघाटकै सञ्चेतना स्कुलमा पढ्छन् । आफ्नो स्कुलमा पढ्ने विद्यार्थी हराएपछि शिक्षिका सुधा केसी पनि सबै काम छोडेर खोजी अभियानमा लाग्नुभएको छ । आमा राधिकालाई लिएर उहाँ शुक्रबार दिनभर प्रहरी चौकी र सञ्चारमाध्यमको कार्यालय पुग्नुभयो ।
‘आमा र बा दुवैजनाले शुक्रबार दिउँसोसम्म मुखमा पानी हालेका थिएनन्, बल्लतल्ल फकाएर खुवाएँ’ शिक्षिका केसीले भन्नुभयो, ‘बिहीबार रातिदेखि नै रोइरहेका छन्, हामीले पनि खोजिरहेका छौं ।’
बाटोमा खेलिरहेका बालबालिका आफ्नै छोराछोरी हुन् कि भनेर राधिकाका श्रीमान–श्रीमती यताउता भौंतारिरहेका छन् । तर शुक्रबार बेलुकीसम्म उनीहरुको पत्तो लागेको छैन । ‘भगवानले हाम्रो पुकार सुनिदिए हुन्थ्यो हजुर, दुवैजना भेटिए म कति खुशी हुन्थें होला’ आमा राधिकाले भन्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget