news and more entertainment

महिलाको रहस्यमय मृत्यु

गौशाला, असार १७ – महोत्तरी जिल्लाको बर्दिवास गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिवास–२ बस्ने कृष्ण ठाकुरकी पत्नी २१ वर्षीया रन्जनी ठाकुर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
चार दिनअघि मात्रै माइती घर जलेश्वरबाट ससुराली बर्दिवास पुगेकी महिला रन्जनी सोमबार अबेर साँझ आफ्नै सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेको पति कृष्ण ठाकुरले बताएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिवासबाट गएको प्रहरी टोलीले घाँटीमा डोरी लगाई झुन्डिएको महिलालाई परिवारजनले डोरी काटेर तल भुइँमा राखिरहेको अवस्थामा शव बरामद गरेकाले उनको रहस्यमय मृत्यु भएको प्रहरी निरीक्षक अशोक झाले बताए ।
मृतक महिलाका दाजु जलेश्वर नगरपालिका–१ बस्ने चन्दन ठाकुरले आफ्नी बहिनीको हत्या गरिएको आरोप लगाएका छन् ।
तीन वर्षपहिले बिहे भएको र एउटा डेढ वर्षको छोरासमेत रहेको रन्जनीको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीले घटनाबारे विस्तृत जानकारीका लागि शव परीक्षण गर्न जिल्ला अस्पताल जलेश्वर ल्याएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget