news and more entertainment

ब्राजिलका नेयमारकी प्रेमिका ब्रुना लक्की !! किन पड्नुहोस ?

 शनिबार मध्यरातमा चिलीलाई टाइब्रेकरमा पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
मैदानमा नेयमार गोलका लागि तडि्परहेका बेला स्टेडियममा उनकी प्रेमिका ब्रुना मार्कोजिन पनि शान्त रहन सकिनन् । ब्राजिलका खेलाडी पत्नी र गल्र्डफ्रेण्डहरुसँग स्टेडियमको भीआईपी बक्समा बसेकी मोडल एवं अभिनेत्री ब्रुनामाथि दशर्क र टीभी क्यामराको नजर थियो ।
ब्राजिलको प्रदर्शन अनुहार उनको अनुहारमा देखिएको हाँसो, पीडा र आँखु क्यामरामा कैद भएको छन् । जे होस् टाइब्रेकरमै सही नेयमारले गोल गरे र ब्राजिलले पनि जित्यो । धेरैले भन्न थालेका छन्, नेयमारकी प्रेमिका ब्रुना कतै ब्राजिलका लागि लक्की त होइनन् ।
जेम्सलाई शाकिराको धन्यवाद
उरुग्वेलाई हराउँदै कोलम्बिया पहिलो पटक क्वाटरफाइनलमा पुग्दा चर्चित गायिका शाकीराले पनि खुसी मनाएकी छन् ।

उनले ट्वीटरमार्फत टोलीलाई बधाइ दिएकी छन् । उनले लेखेकी छन्-’धेरै धेरै धन्यवाद जेम्स । अहिलेसम्म यो विश्वकपको सबैभन्दा राम्रो गोल गियो । ओस्पिन त बस शानदार रहे ।’ उनले कोलम्बियाको जितको खुसीमा पार्टी गर्ने योजना रहेको समेत बताएकी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget