news and more entertainment

राजेश हमालले बिहे गरेको ३५ दिनमै नायिका अशिष्मा नकर्मी संग दोस्रो बिहे ...

 असार १५ आईतवार,काठमाण्डौ । अभिनेता राजेश हमालले प्रेमीका मधु भट्टराई संग बिहे गरेको ३५ दिन पुगेको छ । ३५ औ दिनमा उनले नायिका अशिष्मा नकर्मी संग दोस्रो बिहे गरेका हुन् ।


अमेरिकामा ५० औ जन्म दिन मनाएर नेपाल फर्केका हमाल पोखरामा हनिमुन मनाएर शुक्रबार मात्रै काठमाण्डौ फर्किएका थिए । शनिबार महिला बिकाश प्रशिक्षण केन्द्र जावलाखेलको भवन प्राङ्गणमामा यस्तै देखियो अभिनेता हमाल र नायिका अशिष्मा विवाह मन्डपमा थिए ।

तर वास्तविक जीवनमा नभएर भारतीय गायक शाहिद मालियाले गाएका नेपाली गीत ‘बिबस्ताले जिउदै मार्‍यो’बोलको गीतको म्युजिक भिडियोका लागि राजेश हमालले अशिष्मा संग बिहे गरेका हुन् । निलम आंङबुहाङ राइको शब्द रहेको यो गीतलाई हसिया निर्देशक तथा म्युजिक भिडियोका सफल निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् ।

शनिबार राति १ बजे सम्म चलेको सुटिंङमा फिल्ममा प्रयोग गरिने प्रबिधि प्रयोग गरिएको छ । साढे तिन लाखको मोटो बजेटमा निर्माण गरिएको यो म्युजिक भिडियो सम्भवत सबै भन्दा महँगो म्युजिक भिडियो हो ।
३२ फिटे जोनिजिप,चट्याङ,पानी पार्ने र हावा लगाउने प्रबिधि यो भिडियोमा प्रयोग गरिएको छ । म्युजिक भिडियो हुदै फिल्म निर्देशनमा आएका सफल निर्देशक मिलन चाम्सका अनुसार अभिनेता राजेश हमाललाई केहि फरक अभिनयमा प्रस्तुत गरेको बताए ।

चाम्स इन्टरटेन्मेण्टको ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई रामकुमार केसीले खिचेका छन् भने निर्देशक चाम्सले नै सम्पादन गर्ने भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget