news and more entertainment

प्रेमविनाको सेक्स पिडादायी : भवानी राणा

 मध्यपश्चिमको नेपालगञ्जबाट पर्यटन व्यवसायमा प्रवेश गर्नुभएकी भवानी राणा हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पदमा आवद्ध छिन् । काममा व्यस्त भएपनि आफ्नो हसिलो र फुर्तिलो बानीले ४ दशकको उमेर पुगिसक्दा पनि राणा जवान देखिन्छिन् । उनै राणासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी हिजो-आज तपाईको समय कसरी वितिरहेको छ ? महासंघको काममा मेरो ९० प्रतिशत समय वितिरहेको हुन्छ । मन्त्री र सचिवहरुकोमा डेलिगेशन लिएर गइरहनुपर्ने हुन्छ । 
अनि विदेशी डोनर तथा राजदुतहरुसँग मिटिङ भइरहेको हुन्छ । बाहिरबाट आएका उद्योगी-व्यवसायीहरुलाई पनि समय दिनुपर्छ । जिल्लामा आयोजना भएका विभिन्न मिटिङ तथा सभाहरुमा सहभागी हुनुपर्छ । त्यस्तै, घरपरिवार, बिजनेश र सामाजिक कार्यमा पनि त्यत्तिकै समय दिनुपर्छ । समय कसरी म्यानेज गर्नुहुन्छ ? महिलाहरु जसरी भएपनि समय म्यानेज गर्न सक्षम हुन्छन् । पुरुषहरुले बिजनेश सम्हाले भने घरपरिवार अन्य कामहरु सम्हाल्न सकिरहेका हुँदैनन् । नेपाली महिलाहरुले कहिल्लै पनि आफ्नो परिवारलाई खुशी नबनाई बाहिर समय दिन पाउँदैनन् । विभिन्न क्षेत्रमा समय मिलाउन महिलाहरुलाई एकदमै गाह्रो हुन्छ । तर, घरपरिवारमा समझदारी भयो भने समय मिलाउन गाह्रो हुने रहेन्छ । मलाई मेरो श्रीमानले पुरै सहयोग गर्नुभएको छ ।
दौडधुपबीच पनि निकै हँसिली र राम्री देखिनुहन्छ, रहस्य के हो ? कामको चापका बिच पनि मान्छे हँसिलो र राम्रो देखिन इनर्जी चाहिन्छ । मैले आफुलाई फुर्तिलो र इनरजेटीक राख्न नियमित योगा गर्छु, भगवानको आराधाना गर्छु । भगवान प्रतिको आस्था र भरोसाका कारण पनि ममा इनर्जी आएको होला जस्तो लाग्छ । मलाई भगवानप्रति ठूलो भरोसा छ । सधै फुर्तिलो हँसिलो देखिनुको रहस्य मैले कहिल्लै पनि नकरात्मक सोचाई राख्दिन, सधै पोजेटिभ सोचाइ मात्र राख्छु । कसैले नकरात्मक कुरा गरे भनेपनि म त्यसलाई वास्ता गर्दिन् । त्यसमाथि मेरो परिवार समझदारी पनि छ । विवाह कसरी गर्नुभयो ? मेरो विवाह लभ म्यारिज हो । हामी दुवैको परिवार पहिलादेखि नै नजिक थियो । 
भारतमा पढ्दा मेरो श्रीमानले मलाई मन पराउनु भएको रहेछ । उहाँले प्रेम प्रस्ताव राख्नुभयो । मैले केही समयपछि उहाँको प्रेम प्रस्ताव स्विकार गरेँ । १/२ वर्ष लभ चक्कर चलेपछि विवाह भयो । लभ म्यारिज कत्तिको सफल भइरहेको छ ? हाम्रो जोडी निकै समझदार छ । हामी जुनसुकै काम गर्दा पनि समझदारीका साथ गर्ने गछौं । हामी एक-अर्कामा पूर्ण विश्वास गर्छौं । बाल्यकालमा कस्तो स्वभावकी हुनुहुन्थ्यो ? बाल्यकालमा म हक्की, चकचके, मिलनसार सबै प्रकारको स्वभाव भएको बच्च थिएँ रे । बुवा आमा भन्नुहन्थ्यो सानोमा म जति चकचके थिएँ, उत्तिकै मिलनसार पनि थिएँ । बुवा-आमालाई भने सानोमा निकै हटाउँथे रे । अहिले पनि मेरो स्वभाव मिलनसार र मेहनत गर्ने नै रहेको छ । सकेसम्म सबैलाई राम्रो गर्नुपर्छ भन्ने सोच्छु । यहि मिलनसार र मेहनती स्वभावका कारण आजको अवस्थासम्म आइपुगेकी हुँ । खान लाउनमा कत्तिको शौखिन हुनुहुन्छ ? म खानका लागि बाँच्दिन, बाँच्नका लागि खान्छु । म खानेकुरामा त्यति शौखिन छैन् । सानैदेखि म खाने कुरामा जोड नदिने स्भावकी थिएँ रे । 
पहिरनका कुरा गर्दा म अवस्थाअनुसार लगाउने गर्छु । पार्टी तथा सभा-समारोहमा जाँदा सारी लगाउँछु । अन्य बेला कुर्ता र पाइन्ड टिसर्टमै रहन मन लाग्छ । मलाई खाने लगाउने भन्दा पनि फुर्सदको समयमा आफ्नो परिवार तथा साथीभाईसँग समय विताउन र फिल्म हेर्न मन लाग्छ । भनेपछि फिल्म निकै हेर्नुहुन्छ ? हो, मैलै फिल्म खुब हेर्छु । राम्रो फिल्म लागेको छ भने हलसम्मै पुगेर हेर्छु । सानैदेखि मलाई फिल्म निकै मन पथ्र्यौ । अहिले पनि श्रीमान र छोरासँग फिल्म हेर्न हलमा जाने गर्छु । हिन्दी र इङ्िलस फिल्म मलाई बढी मन पर्छ । मलाई हँसाउने फिल्म हेर्न मन लाग्छ । सिरियल पनि भ्याएसम्म हेर्ने गरेकी छु । नेपाली सिनेमा भने त्यति हेर्ने गरेकी छैन् । त्यस्तै, वायोग्राफी पढ्न मन पर्छ । मन पर्ने हिरो हिरोइन ? रणविर कपुर र दीपिका पादुकोण मलाई सबैभन्दा बढी मने पर्ने हिरो हिरोइन हुन् । किनभने, उनीहरु दुबैजना निकै क्यूट देखिन्छन् । नेपाली हिरो राजेश हमाल पनि मन पर्छ । सिनेमा नहेरे पनि नेपाली गीतहरु भने निकै सुन्ने गर्छु । नेपाली गायक गायीकहरुले धेरै राम्रो गाउन सक्छन् । पुराना-पुराना हिन्दी र अंग्रेजी गीतहरु सुन्छु । तपाई नेपाली फिल्म त्यति हेर्दिन भन्नुभयो, नेपाली फिल्मलाई हेर्न लायक बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ? नेपालमा नेपाली फिल्मको भन्दा हिन्दी फिल्महरुको प्रचार-प्रसार बढी भइरहेको छ । हलहरुले पनि नेपाली भन्दा हिन्दी फिल्महरु प्रर्दशन गर्न खोज्छन् । 


नेपालीहरुमा हिन्दी फिल्मको प्रंभाव परिसकेको छ । जुन कारण नेपालीहरु आफ्नो देशमा बनेका भन्दा भारतीय फिल्महरु हेर्न रुचाउँछन् । टिभी खोल्दा पनि हिन्दी फिल्म चलिरहेका हुन्छन् । नेपालीहरुलाई हिन्दी फिल्मले नराम्रोसँग गाँजेको छ । अहिले नेपाली फिल्महरुले पनि राम्रो प्रगति गरिरहेका छन भन्ने कुरा सुनिरहेकी छु । धेरै क्षेत्रमा लगानी गर्न तम्सिने तपाइले सिनेमा क्षेत्रमा लगानी गर्ने योजना बनाउनुभएको छ कि छैन ? एकपटक मलाई सिनेमामा लगानी गर्न प्रस्ताव त आएको थियो । तर, प्रपोजल भने आएन् । फिल्मका प्रपोजल आएभने अवस्था हेरेर लगानी गर्न सकिन्छ । फिल्ममा लगानी गरौं भनेर कोही आएको छैन, खाली पर्यटन, कृषि लगाएतका क्षेत्रमा मात्र लगानी गर्न प्रस्ताव आउँछन् । फिल्म खेल्न प्रस्ताव आयो कि आएन ? मलाई अहिलेसम्म अफर आएको छैन् र आउने पनि छैन । प्रस्ताव आयो भने फिल्म खेल्ने नखेल्ने भन्ने विषयमा त्यति बेला नै निर्णय गर्ने हो । चाडपर्व कत्तिको मनाउनुहुन्छ ? चाडपर्व मनाउँछु । महिलाहरुको महान पर्व तीज सिनेमा हेरेर, परिवारसँग रमाइलो गरेर दर खाएर मनाउने योजना रहेको छ । दर खान भने धेरै दिन अगाडीदेखि नै शुरु भइसकेको छ । 
गीत-संगीतलाई मानव जिवनसँग कसरी तुलना गर्नुहुन्छ ? गीत-संगीत मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण पार्ट हो । खासगरी मेरो लागी त गीत-संगीत निकै महत्वपूर्ण पार्ट बनेको छ । दुःख पिडालाई बिर्साइदिएर मनोरञ्जन दिने हुँदा गीत-संगीत दुःख सुखको साथी हो । गीत-संगीतले मानिसलाई ठूलो प्रभाव पारेको हुन्छ । जीवन के हो ? जीवन संघर्ष हो । जीवनमा केही भिन्न काम गरेर समाजमा देखाउनु, समाजलाई केही दिनु नै सार्थक जीवन हो जस्तो लाग्छ । जीवन फर्किएर नआउने हुँदा जे गर्नुछ साँचेर राख्नु हुँदैन् । मैले भगवानमा पनि विश्वास गर्छु । वषौं वर्षको संघर्षपछि मानव जीवन पाइएको हुन्छ रे, यस्तो अवस्थामा केही न केही गोल गरेर देखाउनुपर्छ । तपाई त प्रेमको खेलाडी नै हुनुहुँदो रहेछ, तपाईको बिचारमा प्रेम के हो ? प्रेम विभिन्न किसिमको हुन्छ । संसार नै प्रेममा बाँधिएको छ । यदि प्रेम भएन भने संसार नै रहँदैन होला । मेरो बिचारमा प्रेम भनेको बाँच्ने आधार हो । सेक्स के हो जस्तो लाग्छ ? सेक्स जैविक आवश्यकता हो । प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ ? सेक्स आवश्यकता हो । कुनै ठाउँमा प्रेम भयो भने सेक्स पनि हुन सक्छ । सेक्स जीवनमा नभई नहुने अत्यावश्यक जैवीक आवश्यकता हो । प्रेम र सेक्सको सम्बन्ध नजिक हुन्छ । प्रेमयूक्त सेक्स आनन्ददायी हुन्छ भने प्रेमबीनाको सेक्स पिडादायी हुन्छ । नेपालमा सेक्स छताछुल्ल हुन लागेको छ नी ? हो, नेपालमा सेक्स नियन्त्रण बाहिर जान थालेको छ । पश्चिमी संस्कृती र सभ्यताले नेपालमा पनि सेक्सलाई सस्तो वस्तुको दर्जामा पुर्‍याइदियो ।
 इन्टरनेटले नेपाललाई ओपन सोसाइटीमा बदलिदियो । मान्छेले भन्थे- थाइल्याण्डमा छोटा-छोटा पहिरन लगाएर हिँड्छन, विकिनी लगाउँछन । तर, मैले त्यहाँ त्यस्तो देखिन, थाइल्याण्डमा भन्दा नेपालमा अझ छोटा लुगा लगाएर युवतीहरु हिँडेको देखिन्छ । नेपालले चाहिने भन्दा नचाहिने कुरामा ठूलो फड्को मारिसकेछ । नेपालमा पनि रेड लाइट एरियाको आवश्यकता हो ? म यस विषयमा सहमत छैन् । मेरो साथी संस्था छ, हामीले यौनलाई सस्तो वस्तु बनाउन हुन्न भन्छौं । अझै पनि नेपाली समाज बाहिरी व्यक्तिसँगको सेक्सलाई स्वीकार गर्दैन् । नेपालमा सेक्सलाई लिगल बनाउन हुँदैन भन्ने मेरो धारणा छ । त्यसले विकृतीहरु बढाउँछ । छोटो लुगा लगाउनुलाई के भन्नुहुन्छ ? पछिल्लो समय नेपाली युवतीहरुमा वेष्टर्न कल्चर हावी भएको देखिन्छ । यो गलत हो । ठाउँ सुहाउँदो पहिरन लगाउनुपर्छ । हुन त के लगाउने, के खाने भन्ने कुरा उनीहरुको व्यक्तिगत कुरा भयो । छोटा लुगा लगाउनु उनीहरुको रहर पनि होला ।
 एक पटक पाइने जीवनमा उनीहरुले रहर पुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर, त्यो रहर ठाउँ हेरेर पुरा गर्नुपर्छ । जहाँ पायो त्यहाँ छोटा लुगा लगाएमा भद्धा देखिन्छ । छोटा लुगा लगाउँदा आफुलाई वेट राखेर लगाऔं । बावुआमासँग हिँड्दा छोटो लुगा लगाएमा राम्रो देखिदैन् । पहिरनलाई ब्यालेन्समा राख्नुपर्छ भन्ने मेरो मान्यता छ । राजनीतिमा कत्तिको रुची छ ? राजनीतिमा म रुची राख्छु । राजनीतिबाट कोही मान्छे अलग रहन सक्दैन् । म सानैदेखि कि त राजनीतिमा लाग्छु, कि त बिजनेश गर्छु भन्ने सोच्थेँ । अहिलेसम्म कुनै राजनीतिक दलमा संलग्न भने छैन् । 

पछिल्लो समय कलाकार, बिजनेशम्यान, कर्मचारीहरु पार्टी प्रवेश गर्ने लहर चलेको देखिन्छ । मलाई पनि विभिन्न दलहरुबाट अफर आएको थियो । तर, म अहिले निजी क्षेत्रलाई कसरी उकास्न सकिन्छ भनेर लागिरहेको छु । देश आर्थिक रुपमा सम्पन्न नहुँदासम्म देशको विकास हुन सक्दैन, जनता धनी हुन सक्दैनन् । अहिलेसम्म कुनै पार्टीमा प्रवेश गर्ने योजना बनाएकी छैन, भोलीका दिनमा के हुन्छ अहिले भन्न सकिदैन । राजनीति र आर्थिक क्षेत्रलाई हामीले कहिल्लै पनि छुट्टाउन सक्दैनौं । राजनीतिक दल र आर्थिक क्षेत्र एक सिक्काका दुई पार्ट हुन् । श्रीमानको मन नपर्ने बानी ? श्रीमानको सबैभन्दा मन नपर्ने बानी कुरै नबुझी झडङ्ग रिसाउनुहुन्छ । उहाँको मन पर्ने वानी समझदारी र मायालु हुनुहुन्छ । हामी दुवै समझदारी छौं ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget