news and more entertainment

प्रियंकाको आधा घन्टा डोरीमै अड्किदा झन्डै ज्यान गएन

 बलिउड नायिका प्रियंका चोपडा एउटा गम्भिर दुर्घटनाबाट बचेकी छिन् । करिब आधा घन्टा डोरीमा अड्किदा प्रियंकाको झन्डै ज्यान गएको हो । एक विज्ञापनको छायांकनका क्रममा उनलाई खतरनाक स्टन्ट दिनुपर्ने थियो ।
छायांकनका क्रममा नायिका चोपडाको पहिरनमा एरियल वायर लगाइएको थियो । तर प्राविधिकहरुको लापरवाहीका कारण उनको शरीरमा वायर सही तरिकाले रहन सकेन ।

जब उनी हावामा उडिन्, आधा घन्टासम्म भूँइमा झार्न सकिएन । अनेक उपाय गरेर मात्र उनलाई भूँइमा झारिएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गर्ने तयारी पनि गरियो । तर केही समयमै उनको होश आयो । होस आएपछि नायिका चोपडाले राम्रोसँग बाध्न भन्दै प्राविधिकहरुलाई भनिन् र फेरि स्टन्ट दिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget