news and more entertainment

उपप्रधानमन्त्री प्रकाशमानद्धारा तेरियालाई सम्मान

 ललितपुर:  उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले डान्स इन्डिया डान्समा प्रथम भएकी तेरिया फौजा मगरलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेका छन् ।
मगरलाई लुम्बिनी बालिका शान्ति दूतको उपाधिले सम्मान गरिएको हो ।
सो अवसरमा उपप्रधान मन्त्री सिंहले नेपालमा जन्मिएर विदेशमा भएको डान्स प्रतियोगितामा प्रथम भइ देशको शीर उच्च गर्ने कार्य गरेकोमा सराहना गरे ।

सो प्रतियोगितामा डान्सका लागि करिब चार लाख जनाले निवेदन दिएकामा ४० हजार भित्रबाट अन्तिम चरणसम्म पुग्दा मगरले पब्लिक भोटको आधारमा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन । लुम्बिनी–कपिलवस्तु अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानका अध्यक्ष डा हरिकुमार श्रेष्ठले नेपाली चेलीलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget