news and more entertainment

विश्वकपमा जितको खुसीले मृत्यु

काठमाडौं, असार १५ - विश्वकप फुटबलमा ब्राजिल र चिलीबीचको खेल हेरिरहेका एक जना ब्राजिली समर्थकको हृदयघातका कारण निधन भएको छ ।
खेल हेर्न बेलो होरीजोन्टेमा रहेको मिनेराओ स्टेडियममा पुगेका ६९ वर्षका वृद्धलाई खेल टाइब्रेकरमा पुगेको बेला हृदयघात भएको थियो ।
त्यसपछि अस्पताल लगिएका ती वृद्धको केहीबेरमै निधन भएको ब्राजिलीयन पत्रिका स्टाडो डे मिनासले जनाएको छ । पत्रिकाका अनुसार खेलका क्रममा स्टेडियमा रहेका ९८ जनाले असहज महसुस गरेका छन् । जसमध्येका ६० जनालाई उनीहरु बसिरहेकै ठाउँमा पुगेर मेडिकल टिमले उपचार गरेको थियो ।
घरमै फुटबल हेरिरहेकी एउटी ५० वर्षकी महिलालाई पनि हृदयघात भएको छ  । यस्तै खुसीले उफ्रँदा अर्का एक २० वर्षका यूवाको नाक नै भाँचिएको छ ।चिली र ब्राजिलबीचको खेलमा ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटाम १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा ब्राजिल ३–२ ले विजयी भएको थियो ।

कोलम्बियामा खुसी मनाउँदा महिलाको मृत्यु

आइतबार बिहान सकिएको अर्को खेला कोलम्बियाले उरुग्वेलाई २-० ले हराएपछि खुसी मनाउने क्रममा कोलम्बियामा एक महिलाको ज्यान गएको छ । कोलम्बियाको राजधानी बोगोटामा समर्थकहरुले बन्दुक पड्काउँदै खुसी मनाएको र त्यहि क्रममा गोलीले लागेर महिलाको मृत्यु भएको हो । उरुग्वेविरुद्धको खेलमा जेम्स रोड्रिगेजले दोश्रो गोल गरे लगत्तै बोगोटामा समर्थकहरुले हवाई फायर थालेका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget