news and more entertainment

नेइमार पूर्व प्रेमिकासँग किन रिसाए?

नेइमार पूर्व प्रेमिकासँग किन रिसाए?

रियो द जेनेरियो— ब्राजिलका स्ट्राइकर नेइमार फुटबलमाथि जादुयी प्रदर्शनका कारण चर्चाको उचाइमा छन्। यो चर्चामा दुई वर्षअघि अफेयर चलेकी पूर्व प्रेमिका पेट्रेसिया जोर्डनले अझ मसला थपेकी छिन्।
प्लेब्वाइ पत्रिकाले जुन अंकमा 'मिस कप' शीर्षकमा पेट्रेसियाको तस्विर प्रकाशित गरेको थियो। नेइमारसँग सम्बन्धको अन्त्यपछि प्लेव्वाइका लागि नग्न तस्विर खिचाए पनि उनले पूर्व प्रेमीलाई बिर्सन सकिनन्। खेल सामग्री उत्पागदक कम्पनी नाइकेले नेइमारका लागि बनाएको सर्टमा खिचेको फोटो प्लेब्वाइले प्रकाशित गर्‍यो।
नेइमार यो कुरादेखि निकै क्रुद्ध बने। उनी त्यसविरुद्ध अदालतको ढोका ढकढक्याउन पुगे। अदालतले नेइमारको पक्षमा फैसला सुनाएको छ। ब्राजिलको एक अदालतले आदेश दिएको छ, 'कभर पृष्ठमा प्याट्रेसियाको तस्विर छापिएको जुन महिनाको प्लेब्वाइका सबै प्रति बजारबाट फिर्ता लिनु।'

तर पत्रिकाले अदालतबाट आएको कुनै आदेश आफूले नपाएको दाबी गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget