news and more entertainment

दश लाखको सम्भोग मुटुले छेक्यो

 मुटु सम्बन्धि विभिन्न रोगका कारण बेलायतमा दश लाख जना मानिसले सम्भोगबाट हात धोएको एक अध्ययनले देखाएको छ ।
मुटु सम्बन्धि विभिन्न खाले समस्या भएका मानिसहरुले सेक्स गर्न छाडेको र त्यसको मुख्य कारण सेक्सले आफुलाई हृदयाघात हुने डर उनीहरुमा रहेको पाइएको छ ।
sex
सर्भेक्षणका क्रममा मुटुरोगीमध्ये एक तिहाइले सम्भोगको दरलाई निकै कम गरेका र हरेक पाँचमा एक जनाले त ठ्याप्पै बन्द गरेका पाइयो ।
एक अनुमान अनुसार बेलायतमा मुटुरोगीको संख्या ७० लाखको हाराहारीमा छ । बेलायती मुटु फाउण्डेसनले मुटुरोगका कारण सेक्स त्याग्नेको संख्या १० लाख भन्दा बढि रहेको ठहर गरेको छ ।
अध्ययनका क्रममा समावेश गरिएका मध्ये हरेक ७ जनामा एक जनाले मुटुरोगका कारण आफुहरुमा सेक्सप्रतिको रुची नै घटेको बताए । आफ्नो मुटुको अवस्थाका कारण उनीहरुमा रहेको मानसिक तनाले सेक्स प्रति रुची घटेको ठम्याइ विज्ञहरुको छ । त्यस्तै ५ प्रतिशतले शल्यक्रियाको डर मनमा सधै रहीरहेका कारण आफुहरुलाई सेक्सप्रति आकर्षण नजागेको बताए ।
बेलायती हार्ट फाउण्डेसनका डोरेन म्याडोकले सेक्स निकै महत्वपूर्ण विषयवस्तु भएपनि यसले परामर्श कक्षमा ध्यान खिच्न नसकेको बताए । सेक्सले मुटुरोगीलाई झनै लाभ मिल्ने भएपनि यसतर्फ चेतना जगाउन नसकिएको ठम्याइ उनको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget