news and more entertainment

विद्रोहीलाई मारेर किला ठोकेर झुन्ड्याइयो

बेरुत, १५ असार । सिरियामा एक जिहादी समूहले राष्ट्रपति बसाल अल–असादको शासन तथा जिहादीका लागि युद्ध गर्ने आठ व्यक्तिलाई सार्वजनिक रूपमा हत्या गरी उनीहरूको शवलाई किलाले ठोकेर झुन्ड्याइदिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार जानकारी दिएको छ ।
यसबीच दमासकसको बाहिरी भागमा इस्लामी स्टेट आफ इराक एन्ड लेभान्ट तथा तथा विद्रोहीबीच सङ्घर्ष चलिरहेको अब्जरभेटरीले बताएको छ ।
अब्जरभेटरीले आठ व्यक्तिलाई दिर हाफरमा हत्या गरिएको उल्लेख गरेको छ ।
आईएसआईएलले यी व्यक्तिलाई हत्या गरी उनीहरूको शवलाई क्रसमा किला ठोकेर झुन्ड्याएको र उनीहरूको शरीर अब त्यहाँ तीन दिनसम्म रहने जानकारी दिएको छ ।
आईएसआईएल सिरियामा गत वर्ष गृष्ममा देखा परेको हो र उनीहरूलाई पहिले सिरियाली विद्रोहीले स्वागत गरेका थिए । पछि विद्रोहीहरू पनि उनीहरूको विरोधी भए ।
कार्यकर्ताहरूले यस समूहले इराकमा आक्रमण गर्दा ठूलो मात्रामा हतियार फेला पारेको र तीमध्ये केही अमेरिकी हतियार भएकाले सिरियामा उनीहरूको विश्वास बढेको बताइएको छ ।
हालसम्म सरकारले आईएसआईएलका विद्रोहीमाथि आक्रमण गरेको थिएन तर उनीहरूले इराकमा आक्रमण गरेपछि यस समूहमाथि पनि सरकारले हवाइ आक्रमण आरम्भ गरेको छ ।
आइतबार सेनाले आईएसआईएलले नियन्त्रणमा लिएको राका तथा बुसिरामा हवाइ आक्रमण गरेको अब्जरभेटरीका निर्देशक रामी अब्दुल रहमानले बताउनुभयो ।
उहाँले हवाइ आक्रमणमा मर्ने ८० प्रतिशतभन्दा बढी व्यक्ति सामान्य नागरिक भएको बताउनुभयो । रासस/एएफपी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget