news and more entertainment

शाहरुख खानले बलात्कारी ड्राइभरलाई जागिरबाट निकाले

 बलिउड सुपरस्टार शाहरुख खानले बलात्कारको अभियोगमा पक्राउ परेका आफ्ना सवारी चालक राजेंद्र कुमार गौतम उर्फ़ पिंटू मिश्रालाई जागिरबाट निकालेका छन् ।

आफ्ना चालकमाथि यस्तो गम्भिर अभियोग लाग्नासाथ शाहरुखले उनलाई निकाल्ने निर्णय लिएको बताइएको छ । आफूले माया गरेको घरमा काम गर्ने ब्यक्तिले बलात्कार जस्तो जघन्य अपराध गरेको भन्दै शाहरुख निक्कै चिन्तित रहेको बताइन्छ । अभियुक्त चालक मिश्रालाई अहिल् मुम्बइको बान्द्रा पुलिस स्टेसनमा राखिएको छ ।
२ दिन अघि मात्र शाहरुखका चालकलाई एक नावालिगलाई वलात्कार गरेको अभियोगमा पक्राउ गरिएको थियो । बिहिबार नै अदालतमा पेस गरिएका उनलाई १ जुलाई सम्म हिरासतमा राख्ने आदेश अदालतले दिएको छ । पीडित वालिका केही महिना अघि मुम्बइमा काम खोज्दै आएको र उनले अभिनेत्री संगीता विजलानीको घरमा काम गर्ने गरेको बताइएको छ ।
संगीताले कामबाट निकाल्न लागेको सोंचेकी ती वालिकाले शाहरुखका ड्राइभरले काम लगाइदिने भन्दै होटलमा लगेर बलात्कार गरेको बुझिएको छ ।
बलात्कृत भएकी उनले पुलिस स्टेसनमा उजुरी दिएकी थिइन् ।
अभियुक्त ड्राइभरले शाहरुखका छोरा छोरीलाई स्कुल पुर्याउने र घर ल्याउने गर्थे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget