news and more entertainment

कपाल नझर्ने औषधि खाँदा गुप्ताङ्गले काम गरेन

असार १५ - कपाल झर्न रोक्ने औषधि खाएका एक बेलायती नागरिकको गुप्ताङ्ग नै काम नलाग्ने भएको छ ।
हलमा बस्दै आएका ३६ वर्षका पउल इनेसले आइटिभीलाई दिएको अन्तर्वार्तामा कपाल झर्ने औषधि खाएका कारण आफ्नो गुप्ताङ्ग काम नलाग्ने भएको र आफ्नो यौन जीवन नै खतरामा परेको जानकारी दिएका हुन् ।
कपाल झर्ने समस्याबाट दिक्क भएर आफ्नै
परिवारका डाक्टरसँग सम्पर्क गरेको र उनले दिएको औषधिको साइट इफेक्टले आफू समस्यामा परेको उनले बताए । तीन सन्तानका पिता इनेसका अनुसार औषधि खाएपछि उनको लिंग सुक्दै गएको छ र उनी यौन सम्बन्ध राख्नै नसक्ने भएका छन् ।
आफ्नी प्रेमिकासँगै टेलिभिजन अन्तर्वार्तामा देखिएका इनेसले भने ‘मैंले आफूलाई पुरुष नै होइन जस्तो ठानें ।’ डाक्टरले उनको सबै परीक्षण गरेर थाइराइटको समस्याका कारण कपाल झरेको भन्दै  प्रोपेसिया नामको औषधि दिएका थिए । जुन औषधि युरोपियन युनियनबाट मान्यता प्राप्त औषधि हो । यो औषधिले यौन सक्षमता घटाउने सक्ने सम्भावना २ प्रतिशत रहेको डाक्टरले आफूलाई बताएका इनेसले बताए । गुप्ताङ्ग काम नलाग्ने भएपछि उनको प्रेमिकासँगको सम्बन्ध पनि टुटेको थियो । त्यसपछि उनले परिवारका अरु सदस्यको सहयोगमा मनोचिकित्सकसँग उपचार गराउन थालेको जानकारी उनले दिए ।
इनेसका अनुसार यसमा अचम्मलाग्दो कुरा के छ भने जतिबेला उनी यौन सम्बन्ध राख्नै नसक्ने भएका थिए, त्यतिबेलै उनकी प्रेमिका भने गर्भवती भएकी छिन् । इनेसले यौन सम्बन्ध राख्न नसक्ने भएपछि उनलाई छाडेर हिंडेकी उनकी प्रेमिका अहिले पुनः उनीसँग फर्किएकी छिन् । उनी आफ्नो बच्चाको आमा बन्न लागेकाले फर्किएको इनेसले बताए । आफूलाई छाडेर हिँडेकी प्रेमिका आफूसँग बस्दा नै गर्भवती भएको थाहा पाएपछि आफू झनै अचम्ममा परेको उनले बताए ।
- एजेन्सीको सहयोगमा भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget