news and more entertainment

हिमानीको खुसीका लागि पूर्वराजा ज्ञानेन्द्रले छोरालाई नेपाल नबोलाएको खुलासा

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्मदिनको अवसरमा घर आउन चाहेका छोरा पारसलाई बुहारी हिमानीको खुसीका लागि नेपाल नआउन आग्रह गरेको खुलासा भएको छ । पारसको बुहार्तन सहन नसकेर हिमानी आजित भएकाले पनि उनि पारसलाई नेपाल आउनबाट रोक्न चाहान्छन् ।

स्रोतका अनुसार पारस बुबाको जन्मोत्सव पारेर नेपाल आउन चाहान्छन् तर ज्ञानेन्द्रले उनलाई बोलाएका छैनन् । बुबाले नबोलाई आफै नआउने पारसले घोषणा गरेको निर्मल निवास निकट स्रोतले जनाएको छ । ज्ञानेन्द्रले भने बुहारी हिमानीको दुर्दशा सहन नसक्ने भन्दै पारसलाई नबोलाएको स्रोतले जनाएको छ ।

तीन नाति नातिना र बुहारीसँग खुसी रहेका ज्ञानेन्द्र छोराको उद्दण्डता व्यहोर्न चाहँदैनन् । ‘पारस यता आएपछि हिमानीको दुर्दशा शुरु हुन्छ, कम्तिमा अहिले उनी खुसी छिन्’ एक दरवारियाले भने । पारस अहिले प्रेमिकाका साथ बैंककमा बस्दै आएका छन् । गत वर्ष हृदयघात भएर गम्भिर विरामी भई अस्पताल भर्ना भएका बेला बाहेक उनको परिवारले उनीसँग भेटघाट गरेको छैन । ज्ञानेन्द्रको जन्मदिनमा पारस बाहेक परिवारका सबै सदस्य सहभागी हुने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget