news and more entertainment

विवाहपूर्व यौनसम्पर्क राखेको नराखेको कसरी थाहा पाउने ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यो अवस्थाबाट गुज्रनुभएको होला भन्ने थाहा पाउन सजिलो छैन। महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुनत आफूले विवाह गर्न लागेकी दुलही ‘कुमारी’ हो कि होइन भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ, तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन। कुनै युवती कुमारी हो कि होइन योनिच्छद -जymभल) भए- नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर यकिनका साथ भन्न वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा राम्रोसँग विकास नै नभएको हुनसक्छ।प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कने खालको हुन्छ। यस्तो स्थितिमा कतिपयको महिलाको यौनसम्पर्क राखिसकेपछि पनि सो पातलो झिल्ली नच्यातिएको अवस्थ्ाामा हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ।bibahpurb
देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रस्तै पाइन्छन्, तर उनीहरूले जहिले पनि पहिलो यौनसम्पर्क राखेको माने पनि वास्तविकतामा त्यस्तो नभएको हुनसक्छ। पहिलोपल्ट सम्पर्क हँुदैछ भन्ने भान पार्न अभिनयका लागि विशेष तालिम नै दिइन्छ भने अर्कातिर भिक्टोरियन अवधिमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म पनि भेटिएका छन्। यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यतया पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको निश्चित रूपमा थाहा पाउन सक्दैनन्। त्यसैले यौनसम्पर्क राखेको थाहा पाउला भन्ने कारणले आएका विवाहका सबै प्रस्ताव स्वीकार गर्न हुन्छ वा विवाह गर्नु हुँदैन भन्ने छैन।
समाधान के हुनसक्छ ?
सम्बन्ध चाहेअनुरूप अघि बढ्न सकेन भन्दैमा त्यसैमा अल्भिmएर बस्नु आवश्यक छैन। त्यसलाई बिर्सिएर अघि बढ्नु बुद्धिमानी हुन्छ। थाहा पाउला भनेर विवाह गर्नबाट भाग्नु हुँदैन। सबैभन्दा पहिले भावी श्रीमान्ले थाहा पाउलान् कि भन्ने भयबाट निस्कनुपर्छ।
तपाईंका तथाकथित प्रेमीले तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा कति छ भन्ने कुरामा एकपल्ट विचार पुर्‍याउनुपर्ने हुन्छ, तर उसले भयादोहन -दबिअफबष्) िगर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ। भयादोहन गर्ने स्थिति छैन भने त पीर गर्नै परेन। प्रत्येक व्यक्तिले आफ्नो यौ नसम्पर्क राख्ने वा नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य-मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ। तपाइंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवन यापन गरिरहेका छन्।
तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ। आफ्ना विगतका यी नराम्रा पानाबाट पाठ सिकेर सुन्दर भविष्य बनाउन प्रयासरत भै अगाडि बढ्न सक्नुभयो भने पक्कै पनि सुन्दर भविष्य तपाईंको सामु छ। मुख्य कुरा आफू दृढ भएर अठोट गर्नुहोस् कि अगाडिको सुन्दर भविष्यलाई आत्मसात् गर्छु, र निरन्तर प्रयासरत रहनुस्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget