news and more entertainment

कमल थापाले पुर्वराजाबाट २ करोड चुनाव खर्च लिएको खुलासा

काठमाडौं,असार१४–हिन्दू अधिराज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालले संविधानसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट चुनाव खर्च लिएको खुलासा भएको छ । राप्रपा नेपालका असन्तुष्ट नेताहरुले पर्चा प्रकाशन गरी अध्यक्ष कमल थापाले पूर्वराजाबाट चुनाव खर्च लिएको खुलासा गरेका हुन् ।
उनीहरुले पूर्वराजासहित चुनावमा चन्दा दिने १६ जनाको नाम समेत पर्चामार्फत सार्वजनिक गरेका छन् । पर्चामा जनाइएअनुसार अध्यक्ष थापाले पूर्वराजा शाहबाट १ करोड ९५ लाख रुपैयाँ खर्च लिएका थिए ।
संविधानसभा चुनावमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले १० करोड चुनाव खर्च मागेकोमा करिव २ करोड मात्रै आएपछि पूर्वराजासँग अध्यक्ष थापा असन्तुष्ट बनेका छन् । सोही कारण गत महिना सम्पन्न महाधिवेशनमा विधानबाट राजतन्त्र हटाउने बिषयमा छलफल गराइ ज्ञानेन्द्रलाई मागेजति रकम पठाउन सन्देश दिन खोजेको असन्तुष्ट नेताहरुको बुझाइ रहेको छ ।
महाधिवेशनको बन्दसत्रमा पार्टी विधानमा संवैधानिक राजतन्त्र नराखी हिन्दू राज्य स्थापनाका लागि आन्दोलन जारी राख्ने अध्यक्ष थापाले अभिव्यक्ति दिएपछि त्यसको राजतन्त्रका समर्थकहरुले आलोचना गरेका थिए । त्यसपछि बाध्य भएर राप्रपा नेपाल संवैधानिक राजतन्त्र र हिन्दू  राज्यस्थापनाका लागि क्रियाशिल रहने राजनीतिक लाइनमा अडिग रहन पुगेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget