news and more entertainment

११ दिनकी सुत्केरी बेवारिसे अवस्थामा

अर्घाखाँची, असार १४ - अर्घाखाँचीको सन्धिखर्कमा एक सुत्केरी महिला बेवारिसे बनेकी छन ।
झण्डै ३ महिना अघिदेखि बसपार्कको प्रतीक्षालयमा बस्दै आएकी अन्दाजी २७ बर्षिय सरिता केसी नाम बताउने महिला सुत्केरी हुनु भएको छ ।
उहाँले छोरा जन्माएको ११ दिन भएको छ, तर उहाँको स्याहार सुसार गर्ने र जिम्मेवारी लिने कोही छैन ।
उहाँले जन्माएको बच्चाको बाबुको ठेगान छैन भने हेरचाह गर्ने परिवार तथा माइती पनि फेला परेका छैनन् । अहिले भने आमा छोरा दुबैलाई सन्धिखर्कमा  रहेको सन्देस सहयोग समुहको सामुदायिक हेरचाह केन्द्रमा राखिएको छ ।
सामुदायिक हेरचाह केन्द्रमा रहेका कर्मचारीहरुले उहाँको स्याहार सुसार गरिरहेका छन ।  केसीले अरु कुराहरु सोध्दा बताए पनि परिबार, घर र बच्चाको बारेमा सोध्दा बोल्दै नबोल्ने गरेको कारण उहाँ कहाँबाट कसरी सन्धिखर्कमा आएर अलपत्र पनु भयो भन्ने पत्ता लगाउन नसकिएको सन्देस सहयोग समुहकी पार्बता बन्जाडेले बताउनुभयो ।
तीन  महिना पहिलेदेखि सन्धिखर्कमा रहेको बस पार्कमा अलपत्र अबस्थामा बिरामी परेको देखेपछि उहाँलाई पत्रकार सहयोगी बिसी र स्थानीयबासिन्दाले जिल्ला अस्पतालमा लगेका थिए । उहाँलाई एक हप्ता जिल्ला अस्पतालमै राखिएको थियो र पछि सामुदायिक हेरचाह केन्द्रमा लगिएको हो । केसीले जिल्ला अस्पतालमा छोरा जन्माउनु भएको हो । अहिले आमा छोरा दुवैको स्वास्थ्य ठिक छ । तर आमा छोरालाई अब केहि दिन मात्र केन्द्रमा राख्न सकिने र त्यसपछि कहाँ पठाउने भन्ने समस्या उत्पन्न भएको केन्द्रका कर्मचारीले बताएका छन् ।
समाचार संकलनका लागि पत्रकारसँग उहाँले कुनै कुरा गर्नुभएन । निदाएको बहाना मात्र गर्नुभयो । उहाँले आफ्नो बारेमा केही नबताए पनि स्थानीयबासिन्दाले भने उहाँको अर्घाखाँचीकै खिल्जी गाविसमा बिबाह भएको र त्यहाँबाट एक बर्षअघि छोडपत्र लिएको जानकारी आएको बताएका छन् । माइत सितापुर ४ मा  भएको बुझिए पनि उहाँलाई लिन र भेट्न कोही नआएको स्थानीबासिन्दाले बताएका छन् ।
प्रेमनारायण आचार्य/उज्यालो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget