news and more entertainment

छोरीलाई भेट्न आएका प्रेमीलाई बुवाले मरणासन्न हुने गरि पिटि, फलामले आँखा फुटाई गोली हाने

(एजेन्सी)– बिहारको दौलतपुर डीह गाऊँमा पुलिस जवानले आफ्नो छोराहरुसँग मिलेर आफ्नी छोरीको प्रेमीलाई मरणासन्न हुने गरि पिटेर फलामले आँखा फोडिसकेपछि गोली हानेर हत्या गरेका छन् । फतुहा थानाको दौलतपुर गाऊँको रानीटोल गाउँमा बस्ने राहुल कुमारलाई यसरी क्रुरतापूर्वक मारेको पुलिस उपरिक्षक आशिष भारतीले बताए । राहुलका बस चालक बुवा राकेश कुमारले फरार रहेका पुलिस जवान अभय सिंह र उनका दुईजना छोरा गोबिन्द सिंह र रोशन सिंहसहित जम्मा सात व्यक्तिहरुविरुद्ध हत्याको आरोप लगाएका छन् । हत्याका आरोपी गोबिन्द सिंह र रोशन सिंहलाई पुलिसले पक्राउ गरेको जानकारी भारतीले दिएका छन् । पटनामा आइटीआईमा डिप्लोमा गरेका राहुल उत्तराखण्डको हरिद्वारस्थित हिरो होण्डा कम्पनीमा जागिरका सिल्सिलामा आगामी जुलाई महिनाको पहिलो हप्ता त्यहाँ जान लागेका थिए । जागिर खान हरिद्वार जानुपूर्व प्रेमिकालाई उनको कोठामा भेट्न गएका राहुललाई अभयले आफ्नो छोराहरुसँग मिलेर उनलाई मरणासन्न हुने गरि पिटे र गोली हानिसकेपछि उनको टाउको कुल्चिए । राहुलकी प्रेमिका आफ्नो बुवा र भाइहरुसँग उनलाई छोडिदिनका लागि हार गुहार गरिरहेकी थिइन् । तर उनको गुहारलाई कसैले सुनेनन् र उनलाई एउटा कोठामा बन्द गरेर राखियो । प्रेमिकाले नै बोलाएर आशिष उनको घरमा आएको प्रमिकाले बताइन् । rape

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget