news and more entertainment

सुशीलको इच्छाविपरीत वामदेवको अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक

काठमाडौं, १५ असार । कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
कार्यवाहकको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बस्न लागेको यो पहिलो हो । यसअघि मन्त्रिपरिषद बस्दा कार्यवाहकले अध्यक्ष गरेर बस्ने प्रचलन थिएन ।
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका गएकोका कारण केही महत्वपूर्ण निर्णय मन्त्रिपरिषदले गर्नुपर्ने भएकाले वैठक बस्न लागेको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
बैठक बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । यसअघि प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद् बैठक गरेर निर्णय अधिकार गौतमलाई दिन मानेका थिएनन । प्रधानमन्त्रीको चाहाना विपरित आज बाध्यताबश बैठक बस्नुपर्ने अवस्था आएको कांग्रेसका एक मन्त्रीले बताए ।
बैठकले सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्नेछ । बैठकमा २६ सभासद्को मनोनित र नेपाल प्रहरीका एआइजीहरुको बढुवाको सदर लगायतका एजेण्डामा छलफल हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget