news and more entertainment

रिहानाको प्रश्न 'मलाई जिउँदै आगो लगाउने पतिलाई कहिले पक्राउ गर्ने ?'

१५ असार, काठमाडौं ।

४० दिनको लामो उपचारपछि नयाँ जीवन पाएर माइती घर फर्किएकी रिहाना सेख ढपालीलाई भेट्न र हेर्न अहिले घरमा आउनेहरुको घुंइचोनै लाग्न थालेको छ ।

मृत्युको हातबाट जिन्दगी खोसेर फकिर्एकी गाउँकी चेलीलाई भेट्न र हेर्न आउनेहरु दिनदिनै बढ्दै गएका छन् । उनलाई भेट्न आउने र हेर्न आउनेमा गाउका छरछिमेकी मात्र नभई टाढाटाढाका आफन्त समेत छन् । रिहानालाई हेरेर सबैका आँखा रसाउने गर्छन् । कोही कोही त आफुलाई रोक्न नसकेर ठुलै स्वरमा रुन थाल्छन् । यो क्रम हिरमिनिया गाविसको वडा नम्बर ८ अहिरपुर्वास्थित उनको माइती घरमा गत तीनदेखि निरन्तर चलिरहेको छ ।

४० दिन काठाण्डौको विर अस्पतालमा उपचार गराएर दुई साताका लागि रिहाना विहिबार मात्र घर फर्किएकी हुन् । खुट्टाको शल्य क्रिया बाँकी रहेकाले उनि फेरी दुईसातापछि पुनः राजधानी फर्किनेछिन् ।

मोटरसाइकल दाइजो नल्याएको निहुँमा गत चैत ३ गते पति फरिद शेष र सासूससुराले उनलाई लक्ष्मणपुर–८ गंगापुरस्थित घरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

चैत ३ गते रातीको घट्ना अझै उनको मनमा ताजै छ, उनले भनिन्– मेरो पति फरिद सेखले दुवै हात बाँधेर जिउभरि बेल्टले हिर्काउदै गुप्तांगमा चुरोटले पोलेका थिए । राति ११ बजेतिर सासूले पछाडिबाट आएर मेरोे जिउमा मट्टीतेल खन्याइन् । कुरा बुझ्नै नपाउदा एक्कासि पतिले आएर झ्वार्र सलाई कोरेर आगो लगाए, गुहारसम्म माग्न नभ्याउँदै मेरो जिउमा आगो बलिसकेको थियो ।

शरीरको तल्लो भाग पूरै जलेकी उनलाई दुई दिन घरमै थुनेर राखिएको स्मरण गर्दै पछि उपचार बहानामा भारत बहराइच लगेर घटना गुपचुप पारिएको रिहानाले बताइन् । पछि छोरी बिरामी भएको खबर पाएपछि रिहानाका पिता मोहम्मद समिम सेखले बहराइच पुगेर त्यहाबाट छोरीलाई नेपालगन्ज ल्याएर भेरी अञ्चल अस्पताल भर्ना गराएका थिए ।

जिउँदै जलाइँदा सात महिनाकी गर्भवती रिहानाले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा शिशु जन्माइन्, तर उक्त शिुशको केही समयमै मृत्यु भयो । उनको अवस्था गम्भीर बन्दै गएपछि उनलाई काठमाण्डौ लगेर उपचार गरिएको हो ।

नयाँ जीवन पाएर माइती घर फर्किएकी रिहानाको अनुहारमा अहिले बेग्लै किसिमको भाव छ । उनि अधिकांश समय एक्लै बस्न रुचाउछिन् । आफुजस्तो पिडा कसैलाई नपरोस् भन्ने कामना गर्दै दाइजोको निहुमा अरु कसैले जल्नु र यातना सहन नपरोस् भन्ने उनको कामना छ ।

सानो ब्यबसाय गरेर जीवन गुजार्ने योजना

गर्भवती अवस्थामा जिउँदै आगो लगाईएर मार्न खोजीएकी रिहानाले उपारपछि नयाँ जीवन पाएपछि अब आफैले केही सानो ब्यबसाय गरेर बाँकी जीवन बिताउने सोच बनाएकी छन् ।

उनले भनिन्–अब म माइतीमै बसेर चिया पसल वा कुनै किराना पसल गरेर आफ्नो जीविका चलाउछु । मेरा आमाबुबा गरिब हुनुहुन्छ, खान–लाउन समस्या छ, म पनि उहाहरुलाई सहयोग गर्छु ।

उपचारको क्रममा पाएको सहयोगबाट बचेको पैसाले पसल खोल्ने सोच बनाएको उनको भनाई छ । उनले आगोले खुट्टा धेरै पोलेकोले गाह्रो काम गर्न नसक्ने भएकाले सानो पसल थापेर जीवन चलाउन सक्ने सोेचेको बताइन् ।

पतिलाई पक्राउ नगरिएकोमा दुःखि

आफूलाई जलाउने पति फरिद र उनका परिवारलाई प्रहरीले अहिलेसम्म कारबाही गर्न नसकेकोमा रिहाना निकै दुःखी छन् ।

ठुला ठुला अपराधीको खोजी गर्ने प्रहरीले यतिका दिनसम्म फरिदलाई पक्राउ गर्न नसक्नुमा उनि आश्चार्यचकित छिन् । उनले प्रहरीलाई प्रश्न गरिन्– एउटा गर्भवतिलाई आगो लगाएर जिउदै जलाउन खोज्नेहरु अहिलेसम्म किन पक्राउ परेनन् ?

सो अपराधमा संलग्न पति लगायत परिवारका सबै र घट्ना लुकाउन सहयोग गर्ने छिमेकीलाई समेत कडा कारवाहीको रिहानाले माग गरेकी छन् । शनिवार उनले भनिन्–यस्ता घट्ना गर्ने, त्यसमा सहयोग गर्ने र लुकाउने सबैलाई कडा कारवाही हुुनै पर्छ । तर खै अहिले सम्म किन कसैलाई पक्राउ गरिएको छैन, बुझ्नै गाह्रो छ ?

फरिदको परिवार भारतको बलरामपुरमा लुकेर बसेको थाहा पाउदा पाउदै पनि उनिहरुलाई पक्राउ गर्न प्रहरीले चासो नलिएकोमा आश्चार्य प्रकट गर्दै रिहानाका पिता शमिम शेख ढपालीले उनिहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget