news and more entertainment

आठ सय मिटर दौडमा ८ महिनाकी गर्भवती दौडिएपछि…

काठमाडौं । गर्भवती महिलाहरुलाई डाक्टरहरुले गह्रौ वस्तु नउचाल्न र दौडधुप नगर्न सल्लाह दिन्छन् । कसैले पनि गर्भवती अवस्थामा दौडन सक्छ भनेर सोच्दैनन् ।

तर अमेरिकाकी एक महिला आठ महिनाको गर्भवती हुँदा ८ सय मिटर दौडमा सहभागी भएर सबैलाइै आश्चर्यमा पारेकी छन् । उनी हुन् अमेरिकाकी पाँच पटककी राष्ट्रिय च्याम्पियन समेत रहेकी अलिसिया मोटानो ।

३४ हप्ताकी गर्भवती भएको अवस्थामा उनले ट्रेक एण्ड फिल्ड च्याम्पियनसिपमा सहभागीता जनाएपछि सबै आश्चर्यमा परे । आफ्नो पहिलो बच्चालाई जन्म दिन सात हप्ता मात्रै बाँकी रहेको बेला दौडमा भाग लिएकी उनले ८ सय मिटरको दुरी २ मिनेट ३२.१३ सेकेण्डमा पुरा गरिन् । उक्त दौडमा उनी अन्तिम भइन् तर सबैले उनको प्रशंसा गरेका थिए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget