news and more entertainment

रेखा थापाद्वारा राष्ट्रिय पुरस्कार बहिष्कार

काठमाडौं । नायिका रेखा थापाले राष्ट्रिय पुरस्कारमा भागबण्डा भएकाले समारोहमा आफू उपस्थित नभएको दावी गरेकी छिन् ।

राष्ट्रिय पुरस्कारमा सुरुदेखि नै सबैको चित्त बुझाउने गरी पुरस्कार भागबण्डा गर्न लागिएको संकेत पाएकाले आफू समारोहमा उपस्थित नभएको उनले बताइन् ।

रेखाको बताइन्, ‘राष्ट्रिय पुरस्कार, राष्ट्रिय पुरस्कार जस्तो भएन । सुरुमै पार्टीगत र व्यक्तिगत हिसाबले भागबण्डा हुने संकेत पाएँ । त्यसैले मेरो फिल्म काली दिइनँ । राष्ट्रिय पुरस्कारलाई बहिष्कार गरें ।’

‘भागबण्डा हुने देखेरै फिल्म नदिएपछि समारोहमा जाने त कुरै भएन । आखिर भागबण्डा नै भयो। सबैको चित्त बुझाउने काम भयो ।’ उनको भनाइ थियो– ‘राष्ट्रिय पुरस्कार दिँदा उसको योगदान पनि हेरिनुपर्छ । निस्पक्ष मूल्यांकन हुनुपर्छ । विलसन विक्रम राई नेपाली फिल्म इन्डस्ट्रीमा आएको नै कति भयो र, राष्ट्रिय पुरस्कार दिने ? विलसनलाई अभिनेताको राष्ट्रिय पुरस्कार दिइयो, ऊ त हाँस्य कलाकार हो । रिदमबाट दिँदा त जीवन लुईंटेललाई पो दिइनुपथ्र्यो । मसानबाट नीता ढुंगानालाई राष्ट्रिय पुरस्कार दिइयो । तर मसानको मुख्य क्यारेक्टर त केकी अधिकारी हो ।’

रेखाले निर्णायक मण्डलको मूल्यांकन क्षमता र मापदण्डमा पनि प्रश्न उठाइन् । ‘होला फिल्मको केही पक्ष थाहा होला, तर जुरीमा जो छन् उनीहरु फिल्मका विधाहरुको विशेषज्ञ होइनन्’, उनको भनाइ थियो– ‘भागबण्डा गरिँदा राष्ट्रिय पुरस्कार झुर भयो ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget