news and more entertainment

यात्रुले भनेको नमान्दा बस पल्टियो, १२ घाइते

  •  
  •  
ओभरटेक गर्ने क्रममा ठोक्किएर एक बस पल्टिदा १२ यात्रु घाइते बनेका छन्। धनकुटाबाट काकडभिट्टाको लागि छुटेको मे १ ख १२३८ नम्बरको यात्रुबाहक बस सोमबार धरानको मुख्य नाका तिनकुनेबाट ८ सय मिटर मुनि पल्टिदा १२ यात्रु घाइते भएका हुन्।
 
घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा पाँचथरकी बेलिमाया तामाङ, झापा शिवगञ्ज–४ की सानु मगर, लक्ष्मी मगर, मोरङ पथरी–९ की शान्ता मगर, केशव मगर, झापा विर्तामोड–१ का तुलबहादुर श्रेष्ठ, गुणराज श्रेष्ठ, भावना श्रेष्ठ, ढेड वर्षीय अजय श्रेष्ठ छन्। 
 
साथै, झापा बाहुनडाँगी–५ की गंगामाया नेपाल, झापा बुधबारेकी कृति सुवेदी र ठेगाना नखुलेको सुनिता लिम्बू सामान्य घाइते बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इनिस्पेक्टर नविन अधिकारीले बताए। घाइतेको अवस्था सामान्य रहेको इनिस्पेक्टर अधिकारीले बताए। गाडीका चालक, सहचालकहरु फरार छन्। 
 
ना ४ ख ५१४८ नम्बरको ग्ााडी धोएर फर्काउँदै गर्दा ओभरटेक गर्ने क्रममा एक्कासी अघिल्तिरको भागमा ठोक्किदा गाडी पल्टिएको सोही बसका यात्रु सुरज पोखरेलले बताए। 'गाडी कटाई हाल्छु नी भन्दै ओभरटेक गर्न खोज्दा अर्को गाडीको अगाडिको भागमा ठोक्किदा पल्टिएको हो।' उनले भने। यात्रुहरुले विस्तारै लानु भन्दा भन्दै पनि अगाडी बढाएको यात्रुहरुले बताएको एक ट्राफिकका प्रहरी जवान दिलिप खड्काले बताए। 
 

'पेसेन्जरहरुले स्लो गर्नु भन्दै थियो रे।' उनले यात्रुको भनाई उदृत गर्दै भने। विशेष गरी त्यो क्षेत्रमा गाडी धुने र अघिपछिको गाडी नहेरी बाटो कटाउने कारण त्यस क्षेत्रमा दुर्घटना बढी हुने गरेको प्रहरीले बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget