ढाका, १ असार । सडकबालबालिका प्रयोग गरी विदेशी ग्राहकका लागि अश्लील
चलचित्र निर्माण गरेको आरोपममा बङ्गलादेशका प्रहरीले टिपु किब्रिया उपनाम
राख्ने एक प्रमुख लेखक ए.वाई.एम. फक्रुजमानलाई पक्राउ गरेको एक अधिकारीले
आइतबार बताएका छन् ।
प्रहरीको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको सूचनाका आधारमा तीन अन्य
सहयोगीका साथमा गत साता फक्रुजमानलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरीको अपराध अनुसन्धान विभागका एक वरिष्ठ अधिकारी साह अलामले इन्टरपोलले
दिएको सूचना अनुसार निजलाई तत्कालै कारवाही भएको जानकारी दिए । यी अपराध
सन् २००५ देखि आरम्भ भएको बताइएको छ ।
सतचालीस वर्षीय किब्रियाले ५० भन्दा बढी पुस्तक लेखेका छन् । उनका छवटा
त्रासदीजन्य उपन्यास युवा तथा वयस्कमा सबैभन्दा बढी बिक्री भएका पुस्तक
बनेका छन् । उनले वर्षौसम्म युवाका लागि पत्रिका सम्पादन गरेका थिए ।
ढाकाको मुग्दामा किब्रियाको स्टुडियोमा सडकबालबालिकाका हजारौँ अश्लील फोटो तथा भिडियो प्रहरीले फेला पारेको छ ।
अलामले आफूहरूले फेला पारेको कुरा आफ्नो कल्पनाभन्दा बाहिरको विषय भएको र
यी कुरालाई व्यवस्थापन गर्न नै केही साता लाग्ने जानकारी दिनुभयो ।
प्रहरीले उक्त स्टुडियोबाट १२ वर्षीय एक बालकलाई पनि उद्धार गरेको छ ।
न्यायाधीशसमक्ष यी बालकले आफूलाई यो समूहले कसरी दुव्र्यवहार गरेको भन्ने
विषयमा जानकारी दिएको अलामले बताउनुभयो । उहाँले यी लेखक तथा उनीहरूका
सहयोगीले आफ्नो अपराध स्वीकार गरेको जानकारी दिनुभयो ।
उहाँले सन् २००५ देखि यस समूहले १० देखि १२ उमेर समूहका करिब ४००
बालबालिकालाई उपयोग गरेको बताउनुभयो । उहाँले यस समूहको प्रमुख लक्ष्य
सडकबालबालिका भएको पनि उल्लेख गर्नुभयो । उहाँले यी फोटो तथा चलचित्र
विश्वभरका छनौट गरिएका ग्राहकलाई बिक्री गर्ने गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले किब्रियाले विदेशी ग्राहकबाट वेस्टर्न युनियनबाट रकम प्राप्त गर्ने
गरेको जानकारी दिनुभयो । साथै उहाँले यस समूहले बालयौनशोषण गर्ने ग्राहकलाई
बोलाइ उनीहरूको मनोरञ्जनका लागि सडक बालबालिका व्यवस्था गर्ने गरेको पनि
जानकारी दिनुभयो ।

Post a Comment