news and more entertainment

प्रेमीसँग विवाह गर्दा बाबुले गोली हानेर नहरमा हालिदिए


२४ जेठ, एजेन्सी ।
पाकिस्तानको हाफिजावादमा परिवारको इच्छा विपरित प्रेमीसँग विवाह गरेको रिशमा बाबुले १८ वर्षीया छोरीलाई गोली हानेर नहरमा फ्याँकिदिएका छन् ।
गोली लागेर नहरमा फ्याँकिएकी युवती भाग्यवस बँच्न सफल भएको प्रहरीले जनाएको छ ।
राजधानी इस्लामावादबाट २ सय किलोमिटर दक्षिणपूर्वमा पर्ने हाफिजावादमा उक्त घटना भएको समाचारमा जनाइएको छ ।
स्थानीय प्रहरी अधिकारी अली अकबरले आफ्नै छोरीलाई आक्रमण गरेर नहरमा फ्याँक्नका लागि ती युवतीका बाबुले आफन्तको समेत सहयोग लिएको बताए ।
पाकिस्तानमा केही दिन अघि मात्र प्रेमीसँग विवाह गरेको रिसमा परिवारले २५ वर्षीय युवतीलाई अदालत अगाडी ढुंगाले हानेर मारेको खुलासा भएको थियो ।
अकबरले सावा मक्सोद नामकी ती युवती स्थानीय युवकसँग प्रेममा रहेको र गत साता ती युवकसँग विवाह गरेको बताए । छोरीले आफूखुसी विवाह गरेपछी पिताले छोरीलाई केही नगर्ने भन्दै फकाएर घर ल्याएका थिए । तर पछि उनले छोरीलाई कुटेको र एकान्त स्थलमा लगेर मार्ने कोशिस गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
स्थानीय दुई प्रत्यक्षदर्शी महिलाले युवतीलाई बाबुले अनुहारमा गोली हानेर नहरमा फ्याँकेके बताए ।छोरी मरीसकेको ठानेर उनीहरुले नहरमा फ्याँकेको भएपनि पछि उनको होस खुलेको पनि ती महिलाले बताए ।
पाकिस्तानमा आफू खुसी विवाह गरेको वा युवकहरुसँग सम्बन्ध राखेको अभियोगमा वर्षेनी सयौं युवतीलाई उनीहरुकै परिवारले मार्ने गरेका छन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget