काठमाडौं
। अभिनेता नायक भुवन केसीले आफ्नो छोराको विवाह अमेरिकामा गराउँदै छन् ।
तर, उनका छोरा भनेर बढी चिनिने अनमोल केसीको होइन जेठा छोरा विवेक केसीको
विवाह अमेरिकामा हुन लागेको हो ।जेठी श्रीमती विजया केसीको कोखबाट जन्मेका विवेकको विवाहका लागि भुवन अमेरिका पुगिसकेका छन् । भुवनसंग सम्बन्धविच्छेद गरेकी विजया कुनै समय नेपाल टेलिभिजकी समाचारवाचिका थिइन् ।
हाल विजया भने छोरा विवेकको साथमा बोस्टनमा बस्दै आएकी छिन् । विजयासंग छुटेर भुवनले सुस्मिता केसीसंग विवाह गरेका थिए । अहिले चर्चामा रहेका अनमोल सुस्मिताको कोखबाट जन्मेका हुन् ।
अमेरिकी नागरिक बनिसकेका विवेकले प्रेमलाई विवाहमा परिणत गर्दै आउँदो जुलाई ४ तारिखमा तनासा केसीसँग जीवन बाँध्न लागेका हुन् । उनीहरुले परदेशमा विवाह गर्न लागेपनि हिन्दु परम्पराअनुसार गर्ने जनाउका छन् ।
काठमाडौं कमलपोखरीका नतासा नतासा परिवारका साथ बोस्टनमै बस्छन् र उनी पनि अमेरिकी नागरिक बनिसकेकी छिन् ।
Post a Comment