पूर्व नेपाल सुन्दरी,
संचारकर्मी तथा कार्यक्रम प्रस्तोता माल्भिका सुब्बा ३२ औँ एएनए (दि
एसोसिएसन अफ नेपलिज इन अमेरिका) डिसी सम्मेलनका लागि अमेरिका आउने भएकी
छन्। ३२ औँ एएनए सम्मेलन सांस्कृतिक संयोजक नायक सरोज खनालका अनुसार
अमेरिकामा नेपाली समुदायको सबैभन्दा ठूलो सम्मेलनमा माल्भिका आउने चर्चाले
उनका प्रशंसकहरु खुशी भएका छन्।
यसपालि उनले एएनए सम्मेलनमा सन् २००८
देखि एएनए बाल्टिमोर सम्मेलनदेखि सुरु गरिएको एएनए भेषभुषा (फेसन)
प्रदर्शनमा कार्यक्रम संचालन गरी डिसी घन्काउने भएकी छिन्। सम्मेलनको
अन्तिम दिनको बृहत सांस्कृतिक साँझमा राजेश हमाल, राजेश पायल तथा स्थानीय
कलाकारहरुको प्रस्तुति हुने उक्त कार्यक्रममा उद्घोषण गर्ने जानकारी
सम्मेलन संयोजक हेमन्त श्रेष्ठले बताए। हरेक वर्ष एएनए भेषभुषा (फेसन)
प्रदर्शनको कार्यक्रम प्रस्तुति स्थानीय प्रतिभाशाली कलाकारले गर्ने गरेकी
थिइन् भने यसपालि उक्त कार्यक्रम माल्भिका सुब्बाले गर्ने तय भएको छ।
अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४
तारिख देखि ६ सम्म हुने तीन दिवसीय कार्यक्रमको तयारी अन्तिम चरणमा
पुगिसकेको र कार्यक्रमसूची पनि संचारमाध्यममा आइसकेको जानकारी आयोजकले
दिएका छन्।
Post a Comment