
संचारकर्ममा
लामो समयदेखि लागेका दयाराम घिमिरे अब भिडियो निर्देशक बनेका छन् । उनले
निर्देशन गरेको एक गीतको म्यूजिक भिडियो तयार भएको छ । काठमाण्डौमा आयोजना
गरिएको एक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो ।‘सानु’ एल्बममा समावेश
यो गीतमा शिव परियारको स्वर छ । कार्यक्रममा ‘सानु’ एल्बमको पनि बिमोचन
गरिएको थियो । एल्बममा ७ गीत समावेश गरिएको छ । जसमा शिव परियार, राजेश
पायल राई, मनोज राज, प्रविशा अधिकारी, दिपक लिम्बु, विकास चौधरीको स्वर छ ।
एल्बममा समावेश सम्पूर्ण गीतमा तेनहाङ् राइले संगीत भरेका छन् । एल्बमका
गीतमा राजेश विद्रोहीले शब्द कोरेका छन् ।
हार्दिक मिडियाले प्रस्तुत गरेको एल्बमका गीतहरुलाई दर्शकले मन पराउने
विश्वास गरिएको छ । भिडियोमा सम्पदा बाँनिया र जीवनले अभिनय गरेका छन् ।
निर्देशक घिमिरेले अब आफू अन्य भिडियोमा पनि व्यस्त हुने जानकारी दिए ।
Post a Comment