news and more entertainment

भोट हाल्ने ११ अफगानीको औंला काटियो

काबुल– चुनाव आयोगले शनिबार भएको राष्ट्रपतीय निर्वाचनको मतगणना सुरु गर्ने तयारी गरिरहेका बेला अफगानिस्तानको पश्चिमी क्षेत्रमा तालिवानी विद्रोहीले भोट दिएको भन्दै ११ जनाको औंला काटिदिएका छन्।
मत खसालेपछि मतदान गरेको प्रमाणस्वरूपमा मसी लगाइएको औंला विद्रोहीले काटिदिएको हेरात क्षेत्रीय अस्पतालका प्रवक्ता रफिक सिराजीले बताए। ‘रुबात संगी जिल्लाको अकाबी गाउँमा हतियारधारी लागेकाले हाम्रा ११ नागरिकलाई सबेरै अपहरण गरेर लगे,' उनले भने, ‘ती नागरिकको औंलामा विद्रोहीले पहिला औषधी दिएर लट्याए र पछि धारिलो हतियारले औंला काटिदिए।'
पीडितमध्ये एक नूर अहमदले राष्ट्रपतीय चुनावमा मतदान गरेको उल्लेख गर्दै आफूहरु अपहरणमा परेको र विद्रोहीले औंला काटिदिएको बताएका छन्।
तालिवानले चुनावी प्रक्रियामा अवरोध पुर्यालउने चेतावनी दिएका थिए। यसका बाबजुद ६० प्रतिशत मतदाताले मतदान प्रक्रियामा भाग लिए। चुनावमा कडा सुरक्षा रणनीति अपनाइए पनि देशका विभिन्न भागमा भएको हिंसात्मक घटनामा ५० भन्दा बढीले ज्यान गुमाएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget