आजकल
कपाल फुल्ने समस्या निकै बढेको छ । आजकलको व्यस्तताका कारण कपाललाई
स्याहार्न नपाउने र प्रदुषित वातावरणका कारण पनि धेरैको कपाल उमेर नपुग्दै
फुल्ने गरेको पाइन्छ । यसरी कपाल फुल्दा उमेर छँदै अरूले उमेर छिप्पिएको
मानिस भनेर समेत भन्ने गर्छन्, यसले उमेर नपुगी कपाल फुलेकालाई झन् तनाव
हुने गर्छ साथै नरमाइलो पनि लाग्ने गर्छ । यसरी फुलेको कपाललाई लुकाउने
माध्यमको रूपमा अहिले कपालमा रंग दल्ने रहेको छ तर, यो समस्याको विकल्प
मात्र कपाल रंग्याउने होइन ।
केही
घरेलु उपचार गर्न सके सेतो कपाललाई पुन कालो गर्न सकिन्छ त्यो पनि
प्राकृतिक तरिकाले । यहाँ यस्ता केही घरेलु उपचारहरू बताइएको छ जसले तपाईको
फुलेको कपाललाई केही राहत दिनेछ अर्थात् तपाईको कपाललाई पुनः कालो बनाउन
सहयोग गर्नेछ ।
-
सुकेको अमलालाई पानीमा भिजाएर त्यसलाई पिसेर लेदो बनाउने । त्यसमा एक
चम्चा युकेलिप्टसको तेल मिसाउने । यो मिश्रणलाई एक रात फलामको भाँडामा
राख्ने र बिहान उक्त मिश्रणमा दही, कागती र अण्डा मिसाएर कपालमा लगाउने ।
१५ दिनसम्म यस्तो कार्य गर्नाले तपाईको सेतो कपाल कालो हुनेछ ।
- अमलाको जुस, बदामको तेल, कागतीको जुस मिलाएर कपालमा लगाउने गर्नाले कपालमा चमक आउँछ र सेतो पनि हन दिँदैन ।
- अदुवा पिसेर त्यसमा थोरै मह मिसाएर पेष्ट बनाउने र टाउकोमा लगाउने । यो कार्य दैनिक गर्नाले सेतो कपाल पुनः कालो हुन्छ ।
- कपालमा ऐलोभेरा (घ्युकुमारी)को जेल लगाउनाले पनि कपाल झर्न कम हुन्छ र कपाललाई सेतो हुन दिँदैन् ।
- दिनहुँ थोरै मात्रामा अमलाको जुस खाने गरेमा पनि लामो समयसम्म कपाल कालो राख्न सकिन्छ ।
- कम उमेरमा सेतो भएको कपालमा एक ग्राम कालो मरिचमा थोरै दही मिसाएर लगाउने गरे पनि लाभ हुन्छ ।
- गाईको दुध या मख्खन कपालमा लगाउने गर्नाले पनि चाँडो फाइदा गर्छ ।
-
नरिवल तेलमा ताजा अमला कालो नभएसम्म उमाल्ने र त्यसलाई कपालमा लगाउने ।
राती उक्त मिश्रण कपालमा लगाएर सुत्ने र बिहान उठेर कपाल बुहाए फाइदा हुन्छ
।
-
२ चम्चा हीना पाउडर, १ चम्चा दही, १ चम्चा मेथी, ३ चम्चा कफी, २ चम्चा
तुलसी पाउडर, ३ चम्चा पुदीना मिसाएर लेदो बनाउने र कपालमा लगाउने । त्यसको
तीन घण्टापछी कपाल नुहाउने । यसले कपाल सेतो हनबाट रोक्छ ।
- मेहन्दीलाई नरिवलको तेलमा मिसाएर लेदो बनाउने र कपालमा लगाउनाले कपालको रंग आकर्षक बन्छ ।
- कपालमा दिनहुँ सर्सुको तेल लगाउनाले कपाल सधै कालो रहन्छ ।
- नरिवल तेलमा निमको पात कालो हने गरी पकाउने र उक्त तेल कपालमा लगाउने गरे कपाल बाक्लो र कालो हुन्छ ।

Post a Comment