नयाँ फेशनमा गायिका कोमल वली स्टेजमा पुग्दा दर्शकदिर्घाबाट ताली बज्यो ।
कोमल पनि के कम, कार्यक्रम संचालकले गीत गाउँन आग्रह गरेपछि कस्सिइन् ।
सुरुमा उनले आयोजकलाई नै स्टेजमा नचाइन् । यतिले मात्र उनको चित्त वुझेन ।
वन पिस पहिरन र कर्ली कपालमा अविवाहित कोमल वली निक्कै आकर्षक देखिएकी
थिइन् । उनी चलचित्र ‘मितिनी’मा समावेश ‘हामी छौ चिटिक्क परेकी कुमारी’
बोलको गीत गाउँदै दर्शक दिर्घामा नै पुगिन् । सवैभन्दा पहिले उनको आखा
कलाकार कृष्ण मल्लमा पुग्यो । उनीसँग केहीवेर नाचेपछि कलाकार निर्मल
शर्मालाई उनले जुहारी खेल्न चुनौती दिइन् । ‘कोही मर्द छौ भने’ भन्दै
निर्मलसँग उनले कम्मर मर्काइन् ।




Post a Comment