असार ११,
बझाङ । गएको बैसाख २४ गते चौधारी गाबिसमा जबरजस्ती सिन्दुर हालिएकी बर्ष
१५ कि श्याम कुमारी (नाम परिर्वतन) ले मानसिक सन्तुलन गुमाएकी छन् । पिडित
कुमारी आफन्त संग जिल्ला प्रसासन कार्यालयमा बयान दिन आएका बेला एक्कासी
चिच्याएर कराई भाग्न थाले पछि उनका आफन्तलाई समाल्न अफ्ठयारो परेको थियो।
पिडीतका दाजु भने जबरजस्ती गरेकै दिन देखी उनको मानसिक सन्तुलन गुमेको हो,
उनि चिच्याउने, भाग्ने,मर्न खोज्ने बेहोस हुने समस्या देखिएको छ । घरबाट
स्थानिय मोरी बगर बजार आउने क्रममा उनलाई नौ जनाको जमातमा आएका सोही गाबिस
खातीगाँउका अर्जुन खाती बिरजन खाती दिनेस खाती सुरेस खाती लक्ष्मण खाती
राजेस खातीले बिच बाटो बाट जबरजस्ती तानेर बिचबाटोमा पुयाएर सिदुर हालेको र
स्थानिय दुई जना यूवाले उदार गरी घर ल्याए पछि घटना सार्बजनिक भएको हो ।
पिडीत पक्षले जबरजस्ती करणीमा मुद्घा दायर गर्न खोज्दा प्रहरीले दर्ता नगरि
दिएको पिडीतका आफन्तको आरोप छ । आफुले जबरजस्ती करणीमा वकिलबाट मुद्घा
लेखाएर लिएको भए पनि भित्र प्रहरीले आफैले मुद्घा लेखि सार्बजनिक बनाएको
पिडीतका दाजुले बताए ।
आज जिल्ला प्रसासन कार्यालयमा आएका ३० जना महिला सहित को पिडीत पक्षको
टोलीले मुद्घालाई राजनैतिक रगं दिएर पिडीतलाई उन्मुती दिने खालको खेल
भएकाले दोषी उपर कडा कारबाहीको माग गरेका छन् । उता प्रमुख जिल्ला अधिकारी
हरि प्याकुरेलले आफु सधै महिला हिसांका घटना प्रति सम्बेदनशिल रहेको बताउदै
दोषीलाई हदै सम्मको सजाय हुनेमा ढुक्क हुन पिडीत पक्षलाई आग्रह गरे ।
प्रजिअ प्याकुरेलले अपराधी कानुनी दायरामा आई सकेकाले अब समस्या नहुने
बताउदै मानसिक सन्तुलन गुमाएकी कुमारीको उपचार गर्न समेत सुझाव दिएका छन् ।
सार्बजनिक ऐन २०२७ को दफा ६ मा २बर्ष सम्म कैद १० हजार रुपया जरिवाना हुने
कानुनी ब्याबस्था रहेको छ । अपराधमा सलग्न भनिएका नौ जना प्रहरी हिरासतमा
रहेका छन् भने पिडीत कुमारी भने महिला सेफ हाउसमा सुरक्षित राखिएकी छन् ।
Post a Comment