news and more entertainment

शाहरुखका ड्राइभर बलात्कारको आरोपमा पक्राउ

मुम्बई (एजेन्सी)– भारतको बान्द्रा पुलिसले अभिनेता शाहरुख खानका ड्राइभर राजेन्द्र कुमार गौतम (पिन्टु मिश्रा) लाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
अभिनेत्री संगीता बिजलानीकी सहयोगीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको एसीपी शिवाजी रावले बताए ।
पुलिसका अनुसार, राजेन्द्रको साकीनाकामा घर छ र ती सहयोगी बान्द्रामा बस्ने गर्दछिन् । उनी करिब आठ महिनादेखि संगीता बिजलानीको घरमा काम गरिरहेकी थिइन् । संगीताका घरबाट पाइने तलब अपुग भएका कारण उनी अरु नै काम खोजिरहेकी थिइन् । काम खोजिदिन उनले पाण्डे थर भएका कुनै व्यक्तिलाई सम्पर्क गरिन् । आफूले शाहरुख खानको ड्राइभरलाई चिनेका कारण उनलाई राम्रो जागिर खोजिदिने पाण्डेले बताए ।
पछिल्लो हप्ता पाण्डेले राजेन्द्रलाई ती महिलाको नम्बर दिए । राजेन्द्रले जब दिइएको नम्बरमा फोन गरे तब संयोगले फोन ती सहयोगीले नभई संगीता बिजलानीले उठाइन् । फोन उठाउने सहयोगी नै ठानेर राजेन्द्रले उनीसँग अर्कौ तरिकाले कुरा गरे । यो कुरामा संगीताले ती सहयोगीलाई निकै गाली समेत गरिन् ।
केहि समयपछि नै सहयोगीले अर्को फोन उठाइन् । फोनमा राजेन्द्रले ती सहयोगीलाई शाहरुख खानको घर बाहिर बोलाए । शाहरुख खान अहिले घरमा नभएका कारण उनीसँग जागिरको बारेमा भोली कुरा गर्ने भन्दै राजेन्द्रले ती सहयोगीलाई २० जुनमा त्यहाँबाट नालासोपारा लिएर गए । नालासोपारामा भएको आफ्नो घरमा बस्नको लागि राजेन्द्रले ती सहयोगीलाई आग्रह गरे । घरमा जानुभन्दा पहिले आफ्नी श्रीमतीलाई सोध्नु पर्ने भन्दै उनले ती सहयोगीलाई कुनै घरको बाहिर कुर्न लगाए । राजेन्द्र केहि मिनेटपछि सहयोगी भएको ठाउँमा आएर भने, ‘मेरो परिवारले तिमीलाई घरमा राख्न मानेनन् त्यसैले तिमीलाई म नालासोपाराको एक होटलमा राखिदिन्छु । भोली तिमीलाई साहरुख सरसँग भेटाइदिन्छु । त्यहाँ काम पाइसकेपछि तिमी उहाँकै घरमा बस्नु । म पनि त्यहाँ यस्तै तरिकाले बस्दैछु ।’ यति भनेपछि राजेन्द्रले ती सहयोगीलाई एक होटलमा लिएर गए र एकैछिनमा त्यहाँबाट फर्किए ।
तर फर्केको केहि घण्टापछि राजेन्द्र त्यहाँ आए र ती सहयोगीलाई बलात्कार गरे । सहयोगीका आरोप छ कि बलात्कारपछि राजेन्द्रले उनलाई उनको गाउँको टिकट थमाउँदै यहाँ बसेमा राम्रो नहुने धम्की दिए । तर सहयोगी यत्तिकै जाने मनसायमा थिइनन् त्यसकारण उनी भोलीपल्ट शाहरुखको घरमा गइन् । त्यहाँ उनलाई देखेर राजेन्द्र कुर्लिए र उनलाई पिट्न थाले । यत्तिकैमा त्यहाँ मानिसहरुको ठूलै समूह उपस्थित भयो र उनले ती मानिसहरुलाई आफ्नो सबै कुरा बताइन् । त्यसपछि नै बान्द्रा पुलिस स्टेसनमा राजेन्द्रमाथि बलात्कारको उजुरी दर्ता गरियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget