प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर प्रमाणित
प्रधानमन्त्री कोइरालाको फोक्सोको बुधबार दोस्रो पटक ‘बोयोस्पी’ गरिएको थियो । उक्त ‘बायोस्पी’को रिपोर्टले फोक्सोमा क्यान्सर भएको देखाएको प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करबिरनाथ योगीले जानकारी दिनुभयो ।
फोक्सोमा क्यान्सर प्रमाणित भएपछि उपचारका लागि भोलीबाट ‘रेडियोथेरापी’ सुरु गर्ने तयारी भैरहेको डा. योगीले बताउनुभयो । ‘चिकित्सकहरूको टीमले ‘रेडियोथेरापी’ पछि स्वास्थ्यमा सुधार आउने विश्वास लिएका छन्’, डा.योगी टेलिफोन मार्फत भन्नुभयो ।
Post a Comment