news and more entertainment

सूर्य चुरोटको गोदाममा लागेको आगो निभाउन ९ घण्टा लाग्यो


कास्कीको लेखनाथ ५ शान्ति नगरमा रहेको सुर्य नेपाल प्रालिको चुरोट गोदाममा लागेका आगजनी ९ घण्टा पछि नियन्त्रणमा आएको छ। सुर्य नेपाल प्रालिको गण्डकी धौलागिरीको गोदाममा राति २ बजेदेखि आगलागी भएकोमा विहान करिब ११ बजे तिर मात्रै आगो नियन्त्रणमा आएको हो । राति विद्युत सर्ट भई आगलागी भएको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए । 
 
उनले घटनाको बारेमा थप अनुसन्धान भैरहेको बताए। आगलागिबाट करिब ७ करोडको क्षति भएको प्रहरीको अनुमान छ। गोदाममा करिब ४० ट्रक विभिन्न ब्राण्डका चुरोटहरु रहेको कर्मचारी बताउँछन्। आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, शसस्त्र प्रहरी,  नेपाल प्रहरी र स्थानीय लागेका थिए। 
 
आगो निभाउन पोखरा उपमहानगरपालिकाको दमकल, खानेपानीका ट्याङ्कर प्रयोग गरिएको थियो । शालिकराम घिमिरेको घर भाडामा लिइ सुर्य नेपालले ४ बर्ष देखि गोदाम सन्चालन गर्दै आएको छ। घरको दोस्रो तलामा सुर्य नेपालको गोदाम छ भने भुई तलामा घिमिरेको गोर्मटको गोदाम छ। 
 

गोदाममा सुर्य नेपालले उत्पादन गर्दै आएको शिखर, सर्यु चुरोट, खुकुरी, चौतारी लगाएतका चुरोटहरु राखिएको थियो । रेकर्ड फाइल नै जलेका कारण कति क्षति भयो भन्ने बारेमा पुर्ण विवरण आउन नसकेको कर्मचारीले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget